सशस्त्र प्रहरीद्वारा साढे ३ लाखको मोबाइल र केराउ बरामद

🔹संजय कुशवाहा-

परासी साउन १७। पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट ३ लाख ४९ हजार १ सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौलीमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ४२ हजार ५ सय मुल्य बराबरको ५ क्युन्टल मटर (केराउ) सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ५ भैरवपुरमा भारतबाट नेपालतर्फ भन्सार छली अबैध रूपमा ल्याउदै गरेको ३ लाख ६ हजार ६ सय मुल्य बराबरको १९ वटा मोबाइल अस्थाई सशस्त्र प्रहरी पोष्ट भैरवपुरले नियन्त्रणमा लिएको छ ।

उक्त नियन्त्रण गरिएको मालसामान साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए ।

उक्त केराऊ र मोबाइल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल न: २६ गणले जानकारी दियो।

Related articles

विश्वका दूषित ३० सहरमध्ये २१ वटा भारतमा, नेपाल ८ नम्बरमा

एजेन्सी । भारतले फेरि पनि सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शिर्ष स्थानमा परेको छ । नयाँ रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शिर्ष तीस शहरमध्ये २१ वटा भारतका छन् । अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेका छन् ।  एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद […]

विदेश अध्ययनमा कडाइ, यस्तो भयो निर्णय

काठमाडौ,३० जेठ । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ ।  निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *