सरावल गाउँपालिका द्वारा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण

🔹उमेश बि.क-

परासी ,१७ साउन। पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिकाद्वारा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ ।

अबिरल बर्षाकाे कारण सरावल गाउँपालिका वडा नं. ६ र ७ का केहि टाेलहरु डुबानमा परी बिस्थापित अति बिपन्न २० जना परिवारलाई राहत प्रदान गरिएको हाे ।

बिस्थापित अति बिपन्न परिवारलाई ३० किलो चामल ,२ किलाे दाल , १ लिटर रिफाएन , १ प्याकेट अायाेडिन नुन ,१ थान झुल , १ थान त्रिपाल र १ थान बलाङ्केट सरावल गाउँपालिका अन्तर्गत खडाैना ,मधवलिया ,नाैडिहवा ,गुजरहवाटाेल पुसाैलि लगाएतकाे ठाउँका प्रती घर परिवारलाई प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।

राहत हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिने बताउनुभयो । उहाँले जनताको दुःखसुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे।

दुख परेको समयमा बिस्थापित परिवारलाई गाउँपालिकाले सहयोग गरेको भन्दै बिडित सबैले खुशी ब्यक्त गरेका हुन ।

Related articles

नदिमा नुहाउदा डुबेर वेपत्ता युवा मृत फेला

उमेश बि.क.- परासी ,१६ भदौ ।नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा अाइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको अवस्थामा वेपत्ता भएका युवा साेमबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेका छन। वेपत्ता भएका युवालाई गाेबरहिया प्रहरीचाैकि ,जिल्ला प्रहरी टाेलि,घरपरिवार र स्थानीयको सकृयतामा नदिकाे किनारमा खाेज्ने क्रम जारी रहदा साेमबार बिहान १० बजेकाे […]

पूर्वी चितवन राप्तीमा ५ जुवाडे पक्राउ

चितवन, १७ फागुन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ थाकलटारबाट ५ जना जुवाडे पक्राउ परेको छन् । जिल्ला प्रहरी कार्यालय सर्च एण्ड सिब अभियान अन्र्तगत ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको एक टोली ९१ हजार रुपैयाँ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जुवा […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *