मनरीमा सामुदायिक भवन हस्तान्तरण

0
358

परासी ,१७ साउन। नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा सामुदायिक भवन उदघाटन तथा हस्तान्तरण गरिएको छ।

सरावल गाउँपालिकाकाे अार्थिक सहयाेगमा अार्थिक बर्ष २०७६/०७७ मा १० लाख बिनियाेजित रकमबाट नवनिर्मित १ काेठे भवन हस्तान्तरण गरिएको हाे।

भवन निर्माण समितिका अध्यक्ष सन्जय चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अाथिथ्यतामा एक कार्यक्रम बिच भवन उदघाटन गरि श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष सन्जय चाैधरीलाई चाबि हस्तान्तरण गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले विकास निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताउदै नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक भवन उटघाटन तथा हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेल,श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष सन्जय चाैधरी,समाजसेवी केशव चाैधरी,गिरधारि चाैधरी,दुधराज चाैधरी,कृपाकाैशल चाैधरी,चक्रमणि चाैधरी लगाएतकाे उपस्थिति रहेको थियाे। नवनिर्मित भवन पाएपछि स्थानीयमा खुसियाली ब्यक्त गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here