नेपाल रेडक्रस सोसाइटी बालपुरीले गर्‍याे बाढी पीडितलाई सहयोग

0
483

परासी,१४ साउन । नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ दंगियामा बाढीबाट हुसेन मुसलमानकाे घर पुर्ण रुपमा क्षति भएको अनुगमन गर्दै नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखा सरावलले राहत प्रदान गरेको छ ।

बाढीबाट घर पुर्ण रुपमा क्षति भएको मुसलमान परिवारलाई रेडक्रस सोसाइटी बालपुरी शाखाका सभापति प्रदिप अग्रहरी नेतृत्वको टोलीले उनलाई राहत रुवरुप कम्बल,बाल्टी ,त्रिपाल,साडी ,भाडा बर्तन,रुमाल ,तन्ना लगाएतकाे सामाग्री हस्तान्तरण गरेका हुन् । अबिरल बर्षाकाे कारण मुसलमानकाे घर मंगलबार बिहान ८ बजे पुर्ण रुपमा क्षति भएको हाे । घर पुर्ण रुपमा क्षति हुदा अन्न लगाएत जिन्सी सामान र लत्ताकपडा पुरिएको हाे ।

सुत्न ,बस्न खाना पकाउन समान नभएपछि उनका परिवारलाई रेडक्रसले तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र अन्य सामग्री उपलब्ध गराएका छौँ”, रेडक्रस सभापति अग्रहरीले भने, “अाठ जनाको परिवार रहेको उहाँ अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” भएको नगद, जिन्सी र अन्नपात बाढीबाट क्षति भएपछि पीडित मुसलमान परिवार निकै समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here