उखु किसानहरु अझै पाएनन ३० करोड भुक्तानी : मिलमालिक विरुद्ध गठी मुद्दा चलाउन आग्रह

0
283

परासी, १२ श्रावण । नवलपरासी जिल्लाको ३ वटै चिनी मिलबाट नयाँ÷पुरानो गरि किसानहरुले ३० करोड रुपैया भुक्तानी पाउनु पर्ने छ तर मिल संचालकहरु किसानलाई छक्याउदै आलटाल गर्दै आएका छन् । भुक्तानीका लागि दबाब दिन किसानहरुले चिनी मिलहरुमा लगाउने ताला खुलाउन, संचालकहरु नक्कली आँशु झार्दै प्रशासनलाई गुहार्ने र किसानलाई ईमोशनल ब्लेकमेल गर्दै मिलको ताला खुलाउन वित्तिकै मोबाईल स्वीचअफ गरि लुकेर बस्ने गर्दछन् ।

जिल्लाका किसानहरु विगत ३ बर्षदेखि उखुको भुक्तानी पाएका छ्रैनन् । क्रोना महामारी र खेतीपातीको समयमा पनि भुक्तानी नपाएर किसानहरुलाई खेतीपाती गर्न र घर व्यवहार मिलाउन ऋण तथा सापटी खोज्दै हिडिरहेका छन् । बर्षेनी मिलहरुले किसानको उखु उधारोमा खरिद गरि चिनी विक्री गर्ने तर किसानको भुक्तानी दिनेबेला रुने र आलटाल गर्ने गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउछन् ।

घर व्यवहार मिलाउन समस्या भैरहेको किसानहरु फेरि पनि भुक्तानी पाउने आशमा हारगुहार गर्दै जिल्ला प्रशासन कार्यालय डेलिगेश पुगेका छन् । लुम्बिनी चिनीमिलबाट १० करोड, ईन्दिरा सुगर मिलबाट ८ करोड पुरानै भुक्तान पाउनु पर्नेछ भने बागमति चिनीमिलबाट यसबर्षको करिब १२ करोड भुक्तान पाउनु पर्ने भन्दै प्रशासनलाई गुहारेका छन् ।बागमतीले किसानकाे पिडा बुझेर विस्तारै भुक्तान गरिरहेकाे छ । तर लुम्बीनी र इन्दिरा चिनी मिल बारे किसानहरु भन्छन् सके प्रशासन कार्यालयले संचालकलाई झिकाई तत्काल भुक्तानी गराउन प¥यो, नभए मिल संचालक विरुद्ध ठगि मुद्धा चलाउन प¥यो ।

उखुको भुक्तानी पाउन किसान र समितिले जिल्ला प्रशासन कार्यालयको रोहबरमा कैयांै पटक किसान र मिल संचालक बिच सम्झौता भएपनि संचालकहरु सम्झौता लत्याउदै भुक्तानी दिन आलटाल गर्दै आएको समितिका अध्यक्ष यादवले बताए । मिलहरु किसानलाई ठग्ने आफनो पेशा बनाईसकेको उनले आरोप लगाए ।

राष्ट्रिय र नगदेबालीको अवस्था यस्तो छ । विगत ५ बर्षदेखि समयमै भुक्तानी नपाएकै कारणले किसानहरु उखु खेती छोडदै गएका छन् । हाल जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति गरिएको छ भने कुल १४ लाख क्विन्टल उखु उत्पादन भएको छ । यस बर्ष उखुको समर्थन मुल्य ५३६ रुपैया प्रति क्वीन्टल रहेको छ । जिल्लामा रहेको ३ वटा मिलमधये यस बागमति चिनी मिल मात्र संचालनमा आयो । ईन्दिरा र लुम्बिनी चिनीमिल यसबर्ष संचालकले चलाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here