🔹गौरीशंकर जयसवाल-
परासी ११ श्रवाण । प्रदेश नं ५का मन्त्रीहरुले बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन । प्रदेश नं ५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी र भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नवलपरासी जिल्लाको पाल्हिनन्दन र सरावल गाउँपालिकाको बाढी डुवान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन ।
स्थलगत निरीक्षण क्रममा स्थानिय किसानहरुसंग कुरा गर्दै भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बाढी डुबानको समस्या समाधानका लागि प्रदेश सरकारले दिर्गकालिन योजनाहरु बनाउदै जाने बताईन । उनले तत्काल किसानहरुको राहतका लागि सो क्षेत्रका किसानहरुको विवरण संकलन गरेर गहुं तथा मसुरो उत्पादनका लागि कृषि अनुदान मार्फत राहत दिने बताईन । उनले तत्काल सो क्षेत्रलाई कृषि सुपर जोनका रुपमा विकास गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकी थिईन ।
त्यसैगरी स्थलगत अनुगमनका क्रममा प्रदेश नं५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पाल्हिनन्दन र सरावल गाउँपालिकाको बाढी डुवान क्षेत्रको समस्या समाधानका लागि झरही खोलाको पानीलाई सुगौलीवाट अमानीगञ्जतर्फ लैजाने र धनेवाखोलाको सिल सफागर्ने कार्यतर्फ प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको जानकारी गराएका थिए ।
चौधरीले यस क्षेत्रमा डुबान पस्न नदिनको लागि र दीर्घकालीन समस्या समाधनको लागि डीपियार तयार गरेको अब यसको समस्या सामाधान छिट्टै हुने बताए ।
पाल्हिनन्दन गाउँपालिका वडा नं। १ को शंकरपुर लगाएतका क्ष्ँेत्र र सरावल गाउँपालिका वडा न ५ , ६ र ७ कोे खडौना,मधौलिया, नौडिहवा क्ष्ँेत्रका स्थानिय वासिन्दाहरु डुवानको समस्यामा परेका छन । त्यसैगरी उनीहरुले लगाएको हजारौं विघा खेतीयोग्य जमीन पानीको डुवानमा परेको छ । पानीको डुवानका कारण स्थानिय किसानहरुले लगाएको हजारौं विघा धानखेती क्षेतीभएको छ । पाल्हिनन्दन गाउ“पालिका र सरावल गाउ“पालिको बाढीडुवानक्षेत्रको स्थलगत अनुगमन कार्यक्रममा प्रदेश नं ५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल,प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी,बैजनाथ जयसवाल,पाल््िहनन्दन गाउँपालिकाका अध्यक्ष दिपक कुमार गुप्ता र सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी,सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्यालका साथमा प्रमुख जिल््ला अधिकारी सागरमणी पाठक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्ष अजय केसी लगायत सरोकारवाला निकायका जिम्मेवार पद्याधिकारीपत्रकार लगायतको सहभागिता रहेको थियो ।