प्रहरीद्वारा केराउ र बिउ बरामद

0
250

परासी ८ साउन। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरलबाट प्रहरी १ लाख ४ हजार २ सय मूल्य बराबरको अबैध मटर (केराउ) र बोडिको बीउ प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार दिउँसो नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको २० बोरा मटर (केराउ) र ३४५ प्याकेट बोडिको बिउ प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ र बीउ भारततर्फ टाउकोमा बोकी लैजादै गर्दा प्रहरीलाई देखेपछि बोरा छाडेर भागेका थिए । उक्त केराऊ बोडिको बिउ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here