बाढिमा परि खुट्टा भाचिएका अति बिपन्न चौधरीको उपचारमा समस्या : सहयोगको अपिल

परासी, ८ साउन। अविरल बर्षाका कारण घर डुबान हुँदा गत असार ३ गते सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका पृथ्वीराज चौधरी घरको समान बचाउने क्रममा खुट्टा भाचिएकाे हाे।

बाढिमा परि खुट्टा भाचिएका नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका अति बिपन्न पृथ्वीराज चौधरीको उपचारमा समस्या अाएकाेले सहयोगको अपिल गरेका छन ।

बिहान बेलुका हातमुख जोड्न समेत धाैँ धौँ रहेका चाैधरीलाई उपचार गराउन रकम अभाव भएपछि स्थानियले चन्दा उठाई असार ४ गते जेनतेन लुम्बिनी सिटि हस्पिटल बुटवल पुर्याएका थिए।

परिवारमा आय आर्जनको कुनै श्रोत नभएका चाैधरीकाे खुट्टामा दुई वटा रड हालेर उपचार भइरहेको छ भने उपचार खर्च करिब डेढ लाख लाग्ने भएकोले चौधरीकि श्रीमति तारा देबि चाैधरीले सहयोगका लागि सबैलाई अनुरोध गरेकि छन।

सहयोग गर्न चाहनेले तारा देबि चाैधरीको मुक्तिनाथ बिकास बैंक लिमिटेडमा रहेको खाता नम्बर 11921600475593000001 मा सम्पर्क गर्न सक्नेछ्न।
साथै प्रत्यक्ष कुरा गर्न चाहानु हुनेले 9826431602 मा सम्पर्क गर्न सकिने छ ।

साथै सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका घनश्याम चाैधरी 9808273437 तथा
लक्ष्मीकान्त चाैधरी 9805432595
माफर्त सहयोग गर्न इच्छुकले सम्पर्क गर्न सक्नुहुनेछ ।

Related articles

सरावलद्वारा सम्बाद किशोर किशोरीलाई मास्क र सेनिटाइजर बितरण

परासी ,२१ चैत । नवलपरासीको सरावल गाउँपालिकाद्वारा सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइट , ग्लाेप्स र साबुन बितरण गरिएको छ। हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना कोभिड १९ सङ्क्रमणबाट सुरक्षित गर्नका लागि सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइट , ग्लाेप्स र साबुन ९०/९० थान वितरण गरिएको हाे। स्ट्राेम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा ए.बि. सी. नेपाल र सरावल […]

धर्म संस्कृती बचाउनुपर्नेमा सुनवल नगरपालिका मेयर भरत थापाको जोड

परासी , २१ असाेज । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित हिमालय युवा क्लब सरावलकाे अायाेजनामा हिन्दुहकाे महान पर्व बिजया दशमीकाे अवसरमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ। क्लबका अध्यक्ष नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख भीमबहादुर थापा क्षेत्री (भरत ) काे प्रमुख अातिथ्यतामा सांस्कृतिक कार्यक्रम सुरु गरिएको हाे। कार्यक्रमलाई सम्बाेधन […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *