तस्करीकाे उद्देश्यले स्टाेर गर्न लागिएकाे ४ लाख २५ हजारकाे हरियाे केराउ बरामद

संजय कुशवाहा

परासी, ७ श्रावण । नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ । नेपालबाट भारत तर्फ भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि तस्करी मौलाएको छ । अबैधरुपमा ओसारपलार गर्न लागिएका लाखौं मूल्यका मालसामान दिनहुँजसो प्रहरीले नियन्त्रणमा लिए पनि दिनप्रतिदिन तस्करीको बढ्दो अवस्था देखिएको हो । विभिन्न संचार माध्यममा तस्करीको समाचार आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करीको मालसामान नियन्त्रणमा आफ्नो सकृयता पनि बढाएको छ ।

सकृय बन्दै गएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र प्रहरी चौकी बसहियाको संयुक्त गस्ती टोलीले मंगलबार दिउँसो प्रतापपुर गाउँपालिका वडा नं. ७ जगरन्नाथपुरबाट अबैधरुपमा लु २ त १८२२ नम्बरको ट्याक्टरमा ल्याउदै गरेको ठूलो परिमाणको मटर ( केराउ ) नियन्त्रणमा लिन सफल भएकाे छ टोलीले करिब ४ लाख २५ हजार बराबरको १ सय बोरा मटर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलले जानकारी दिए । नियन्त्रणमा लिएको ट्याक्टर र मटर ( केराउ ) आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

त्यसैगरी सवा लाख मूल्य बराबरको अवैध मटर पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रतापपुर गाउँपालिका वडा नं. ५ भैरलपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ६ बोरा मटर (केराउ) प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो । यसैगरी सरावल गाउँपालिका वडा नं. ७ मुजरहियामा नेपालबाट भारकतर्फ लग्दै गरेको २५ बोरा मटर (केराउ) सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।

उक्त नियन्त्रण गरिएको जम्मा ३३ बोरा (१२७५ केजी) केराऊ भारततर्फ टाउकोमा बोकी र साइकलमा लैजादै गर्दा प्रहरीलाई देखेपछि बोरा छाडेर भागेका थिए । उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

Related articles

श्रम शोषणको विरोधमा पेप्सी कम्पनीमा मजदुरले लगाए ताला

परासी, १८ असोज । श्रम शोषणको विरोधमा मजदुरले पेप्सी कम्पनीमा तालाबन्दी गरेका छन् । नवलपरासीको रामग्राम नगरपालिका १० नदवाँ स्थित रहेको बरुण भेबरेज नेपाल प्रा.लि. पेप्सी कम्पनीमा कार्यरत मजदुरहरुले श्रम शोषणको विरोध गर्दै बुधबार तालाबन्दी गरेका हुन् । पेप्सी कम्पनीले स्थानिय संगको सम्झौता अनुसार स्थानिय कामदार नराख्ने, उचित तलब नदिने, नियुक्ती पत्र पनि नदिने र […]

नवलपरासीमा प्रहरीद्धारा ३ लाखको मालसमान बरामद

परासी, १८ जेष्ठ । जिल्ला प्रहरी कार्यालयल नवलपरासीले ३ लाख मुल्य बराबर मालसमान बरामद गरेको छ । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिकाको वडा १ र २ को विभिन्न नाकाबाट गस्तीमा खटिएको प्रहरीटोलीले ३ लाख ४ हजार ५३० रुपैया मुल्य बराबरको तस्करीका सामानहरु बरामद गरेको हो । स्थानिय तस्करहरुले लकडाउनको मौका छोपी भारतबाट नेपाल भित्राउदै गरेको काजुकिसमिस, […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *