सुस्तामा बाढी पस्दा गाउँनै डुबानमा : सुस्ताका २ वटा घर भत्किए

परासी, ६ श्रावण । सुस्तामा नारायणी नदीको बाढी पसेपछि सुस्ता गाउँनै डुबानमा परेको छ । नारायणी नदीमा खतराको चिन्हभन्दा २ मिटर पानी सतह बढेपछि सुस्ता गाउँमा बाढी पसेको हो

नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ सुस्ता गाउँमा रातीनै नदीको बाढी पसेपछिे २ वटा कच्ची घर पनि भत्कि सकेको छ गाउँको ९० प्रतिशत घरहरु डुबानमा परिसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले जानकारी दिए । उनका अनुसार बाढीको पानी जमिनको सतह भन्दा १ मिटर माथि भएर बगीरहेकोले शसस्त्र प्रहरी क्याम्प, प्रहरी चौकी, विद्यालय सहित अधिकांश घरहरु डुबानमा परिसकेको बताए । अग्लो ठाउँमा रहेका २५ घर बाहेक सबै घरहरु डुबानमा परिसकेको उनले बताए । सुस्तामा कुल २६५ घर धुरी रहेको छ ।

सुस्ता गाउँमा राती नै बाढी पसेकाले गाउँलेहरु त्रसित हुदै घरको छतमाथी जागाराम गरि रात विताएका हुन् । अहिले बर्षा र पानी झनै बढदै गएको छ । बाढीका कारण खाद्यान्न लगायतका सर–सामानको जोहो गर्न एकदमै कठिनाई भैरहेको र हिलडुल गर्न पनि समस्या भैरहेको सुस्ताबासी बताउछन् । बाढीले घरहरु डुबानमा परेपछि सुस्ताबासीलाई खाना पकाउने र खाने समेतको समस्या उत्पन्न भएको छ ।

नारायणी (गण्डक) नदीले घरिएको सुस्तामा पुग्न डुंङ्गा बाहेक एक मात्र बाटो भारतको विहारी जंगल रहेको छ तर अहिले त्यो बाटोमा पनि बाढीको पानीले अवागमन पुर्ण रुपले ठप्प भएको छ । यता नदीमा पानीको उच्च बहावले डुंङ्गा पनि तार्न नमिल्ने भएकाले सुस्ताबासीहरु अलमलमा परेका छन् ।

नदी र सुस्तामा बढदो बाढीको पानीले सुस्ताबासीमा त्रास बढदै उनीहरु संकटमा परेका छन् । समयमै उद्दार गर्न सुस्ताबासीहरु सम्बन्धित निकायलाई गुहारेका छन् । सुस्ताबासीहरुको समयमै उद्दार हुन सकेन भने सुस्तामा ठुलो धनजनको क्षति हुन सकने सुस्तबासीको अनुमान छ । अविरल बर्षाले नदीमा आएको बाढी सुस्ताको उत्तर तर्फबाट तटबन्ध हुन नसकेको क्षेत्रबाट बाढी गाउँमा पसेको हो । अहिले नदीमा पानी खतराको चिन्ह पार गरि सामाचार तयार गर्दासम्म १२.५३ मिटर पानी रहेको छ । यो पानी अहिलेसम्मकै बढि मापन गरिएको छ । नदीमा पानीको चापले त्रिवेणी स्थित गण्डक ब्यारेजको सबै ढोकाहरु खोलिएको छ । नदीमा पानीको चाप र बहावले वरपरका जनताहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Related articles

बीपीका केही महत्त्वपूर्ण र सान्दर्भिक पक्ष

लोकनारायण सुवेदी काठमाडाै, २५ भदाै । ‘ठूलो मान्छे होइन, असल मान्छे होऊ’ भन्ने बीपीको मान्यता अत्यन्तै मननीय छ । देशमा राजनीतिक परिवर्तनपछि जसरी बीपीले पार्टी र सत्तालाई सुकिलामुकिला अवसरवादीले कब्जा गर्ने र इमान्दार पाखा पर्ने खतरा रहन्छ भन्ने औंल्याएका थिए, त्यो तीतो सत्यको अनुभव आज पनि तीब्ररुपमा भइरहेको छ । नेपालको पहिलो जननिर्वाचित राजनेता बीपी जन्मेको […]

बिद्यालयको शौचालय मर्मत नहुँदा विद्यार्थी खेतमै दिसा–पिसाब गर्न बाध्य

–सहबान अंसारी— परासी, ७ कार्तिक । नवलपरासीको एक विद्यालयमा शौचालयको मर्मत नहुँदा विद्यार्थीहरु खेतमा दिसा पिसाब गर्न बाध्य भएका छन् । जिल्लाको सिमावर्ति प्रतापपुर गाऊपालिका ५ धरमौली स्थित श्री जनता प्राथमिक बिद्यालयमा जिर्ण अवस्थामा रहेको बिग्रेका शौचालय मर्मत नहुँदा बाध्य भई विद्यार्थीहरु खुल्ला क्षेत्रमा दिसापिसाब गरेको पाइएको छ । विद्यालयमा कुल ३ वटा शौचालय छ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *