परासी, ६ श्रावण । प्रहरीले नवलपरासीकोे विभिन्न नाकाबाट १ लाख ५८ हजार ४८० मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ । स्थानिय व्यापारीहरुले भारतबाट नेपाल भित्राउन खोजेको कपडा, बोईलर कुखुरा, र नेपाल बाट भारत निकासी गर्न खोजेको मटर प्रहरीले विभिन्न नाकाबाट बरामद गरेको हो । बरामद उक्त सर–सामानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठएको छ भने कुखुरा पुरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।