महेसपुरमा ट्रक पल्टिँदा ट्रक चालक गम्भीर घाइते

0
367

🔹जितेन्द्र गुप्ता-

महेसपुर, ५ श्रावण । नवलपरासीको महेसपुर नाकामा एक भारतीय ट्रक पल्टिँदा ट्रक चालक गम्भीर घाइते भएका छन। भारतबाट चामल बोकेर नेपाल भित्रीदै गरेको उक्त ट्रक महेस्पुर नाकामा भन्सार कार्यालय अगाडि आज राती ९ बजेको समयमा आफै पल्टिदा चालक गम्भीर घाइते भएका हुन।

उक्त चामल बोकेको यु.पी १५ सी.टी ७२११ नम्बरको ट्रक चालकको लापरबाहीले पल्टेको र चालक मापसे पनि गरेको खुलेको प्रहरीले जनाएको छ। घाइते भारतको महराजगन्जको भिटौली बजार बस्ने गोलु भारती रहेको र उनको उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here