नारायणी नदीले खतराको चिन्ह पार गर्यो : सुस्ताबासीमा बाढीको त्रास बढयो

0
420

परासी, ५ श्रावण । अबिरल बर्षाका कारण नारायणी नदीमा ठुलो बाढी आएको छ । भारी बर्षाले नारायणी नदीमा खतराको चिन्ह पार गरिसकेको छ । पानीले खतराको चिन्ह पारेगरेपछि पुर्वी र पश्चिमी नवलपरासीमा बाढीको जोखिम बढेको छ ।

नारायणी नदीमा १२ मिटर पानी पुगे खतराको चिन्छ पार गरेको मापन गरिन्छ तर पानी बढदै यो सामाचर तयार गर्दासम्म पानीे १२.२३ मिटर पुगेकाले झनै बाढीको जोखिम बढेसंगै स्थानियमा त्रास पनि बढेको पाइएको छ ।

नदीमा आएको ठुलो बाढीले गण्डको बाँध फुटने खतरा पनि बढेकाले सुस्ता र प्रतापपुर बासीहरुमा त्रास समाएको छ । विगतमा नदीमा आएको बाढीले नदीका बाँध फुटेर साविकको १३ गाविस पुर्ण रुपमा डुबान परेको थियो । यस बर्षपनि नदीमा पानीको चाप र बहाव बढिरहेकाले बाँध फुटने खतरा बढेकाले स्थानियहरु त्रसित भएका छन् । यता जिल्ला प्रशासन कार्यालय र सुस्ता, प्रतापपुर गाउँपालिकाले नदीको छेउ–छाउ बस्नेहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here