कोरोनाकोे नाममा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप : सांसद कण्डेल

0
493

गौरीशंकर जयसवाल

परासी ५ श्रवाण । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधीसभा सदस्य देबेन्द्र कण्डेलले, सरकार कोरोना महामारीका बेलापनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पुर्वगृह राज्यमन्त्री समेत रहेका नेता कण्डेलले यस्तो महामारीका बेला सरकारले जनतालाई सेवा दिने अवस्थामा झनै औषधी खरिद, पिसिआर परिक्षण र क्वारेन्टाईन व्यवस्थापन लगायतका क्षेत्रमा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

आज सोमबार नवलपरासीको परासीमा नवलपरासी टेलरिङ्ग व्यवासयी संघ नयाँ बर्ष २०७७ सालको शुभकामना आदनप्रदान तथा बार्षिक क्यालेण्डर बिमोचन गदै कण्डेलले सरकारले भारतबाट बिवाह गरेर आउने चेलीको हकमा नगारिकता बिद्येयक सशंोधन ल्याएको नेपाल भारतको सम्बन्ध बिग्रन बताए । नेता कण्डेलले सरकारले ल्याएको नगारिकता बिद्येयक बिभेदकारी रहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले बर्तमान अवस्थामा दिईरहेको अभिव्यक्तिप्रति असन्तुष्ट व्यक्त गदै नेपाल भारतको सुमुधुर सम्बन्धमा दादार आएको काण्डेलको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालमै रामको जन्म भएको अयोध्याको बिषयमा गलत प्रचारबाजी गरिरहेको बताउदै प्रधानमन्त्री बोल्नुभन्दा ईतिहास हेरेर अभिव्यक्ति दिन अाग्रह गरे ।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले रामग्राम नगरपालिकाले युवाहरुलाई लक्षित गरी नगरपालिकाले बिना धितोमा सस्तो व्याजमा युवाहरुलाई १० लाख बजेट बिनयोजन गरेको बताए । नगरपालिकाले नगरभित्र बेरोजगार रहेका युवायुगतीहरुलाई बिभिन्न किसिमको तालिमको प्रदान गरी उद्यामशीलता बनाउन योजना रहेको बताउदै गुप्ताले यसले पनि जिबीकोपर्जनमा थप मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

नवलपरासी टेलरिङ्ग व्यवासयी संघका अध्यक्ष राजु देवानको अध्यक्षयता तथा प्रतिनीधीसभा सदस्य एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेलको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद पौडेल, जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय, नगर उप प्रमुख रम्भा कुँवर, वडा नं २का वडाअध्यक्ष चन्द्रीका प्रसाद अग्रहरी, वडा नं ६का वडाअध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी, वडा नं ५का वडाअध्यक्ष बिनोद कुँवर, रामग्राम जेसीजका बर्ष २०२०का अध्यक्ष सन्दीप अग्रहरी नवलपरासी टेलरिङ्ग व्यवासयी संघका सहसचिव रामकेशवल यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here