नवलपरासीमा प्रहरीद्धारा १ लाख ९० हजार मुल्य बराबरको सर–सामान बरामद

0
492

परासी, ४ श्रावण । नेपाल प्रहरीले नवलपरासीको सिमावर्ति क्षेत्रबाट १ लाख ९० हजार ५ सय मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ । प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद ९० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मदर बरामद गरेको छ । बरामद मटर ५५ हजार मुल्य बराबर रहेको छ । स्थानिय तस्करहरुले उक्त मटर नेपालबाट भारत भित्राउन खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए ।

त्यसैगरि प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ । व्यपारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधामार प्रहरीले बरामद गरेको हो । बरामद मल ४५ हजार ५ सय मुल्य बराबर रहेको र व्यपारीले मल किसानहरुलाई बढि मुल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here