बाढी पीडितहरुलाइ राहत र क्षतिपुर्ती दिलाउनको लागि छिटो पहल गर्ने : नेता कंडेल

0
383

🔹जितेन्द्र गुप्ता-

परासी, १ श्रावण । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कंडेलले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन। नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा १ शंकरपुर, सुनरी र वडा २ को अमानिगन्ज, सरावल गाउँपालिकाको वडा ६,७ मा आएको बाढीले स्थानीय जनताको घर र बालीमा भएको क्षती समेतको जानकारी लिएका हुन।

बाढिले सरावल गाउँपालिकाको विभिन्न वडाको ४५ घर डुबानमा परेको छ भने १२ सय बिगाहा धान खेतिपनि डुबानमा परेको पाइएको छ यस्तै पाल्हिनन्दन गाउँपालिकाको पनि गाउँबस्ती जलमग्न भएको छ।

बढीले पिडित घरपरिवारको तथ्यांक संकलन गर्न र छिटै राहतको लागि ३ तह्को सरकार सङ पहल गर्न अवलोकनमा पुगेको सासद कडेलसङ प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिती प्रमुख शिवसन्कर राय, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार,जलस्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय प्रमुख ध्रुबराज पौडेल, सरावल वडा ४ अध्यक्ष छोटेलाल यादब, पाल्हिनन्दन वडा १ अध्यक्ष लल्लन यादब, स्थानीय नेता चुलाइ यादबको टोली पुगेको थियो।

बाढी क्षेत्रको निरीक्षणमा पुगेको टोलीले स्थानीय जनतालाइ थप सचेत रह्न आग्रह गर्दै राहत र क्षतिपुर्तीको लागि चाडै पहल गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here