सरावलमा बिधुत ट्रान्सफरमर जडान : गाउँपालिका अध्यक्ष चौधरीले गरे उदघाटन

0
601

परासी ,३१ असार। नवलपरासीको सरावल गाउँपालिका भित्र विभिन्न टाेलमा बिद्धुत ट्रान्सफरमर जडान कार्य गरिएको छ।

सरावल गाउँपालिका वडा नं. ६ कुर्थावल, बड्सार र वडा नं. ४ बड्की बडसारमा १०० किलाेवाट क्षमता भएको बिद्धुत ट्रान्सफरमर बुधबार जडान गरि उदघाटन गरिएको हाे ।

बिधुत ट्रान्सफरमर सरावल गाउँपालिकाकाे सहयोगमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले उदघान गरि लाइन सुभारम्भ गर्नुभएको हाे ।

साे क्षेत्रमा लाइन नभएको कारणले गर्दा स्थानीयलाई अध्यारोमा बस्न परेकाे थियाे । लाइनबाट बन्चित हुन पुगेका जनताकाे समस्या बुझ्दै गाउँपालिका अध्यक्ष चाैधरीले बिधुत ट्रान्सफरमर जडान गराई उक्त गाउँमा झिलिमिलि गराउनु भएको हाे ।

गाउँमा लाइन जडान भएको हुनाले स्थानीय खुशि ब्यक्त गर्दै जनअपेक्षा अनुसार सरावल गाउँपालिकाले काम गरेकाे प्रशांसा ब्यक्त गर्दै अगामि दिनमा पनि यस्तै उपलब्धि मुलक काम गर्न सुझाव समेत ब्यक्त गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here