नवलपरासीको ३२ विगाहा जग्गा विक्रीमा भ्रष्टाचार गरेको १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरः नक्कली जग्गाधनी खडा गरेकाे खुलासा

काडठमाडाै, ३१ असार । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच कराेड पाँच लाख ४२ हजारकाे भ्रस्टाचार मुद्दा चलाएकाे छ।

अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार​, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी,  रमेशमान श्रेष्ठ,  तत्कालीन गाविस सचिवहरु नन्दलाल दास,  बुद्धिसागर सुवेदी,  नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध  मुद्दा चलाएकाे हाे।  गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको  अख्तियारकाे आराेप छ।

नवलपरासी साविक सनई गाविस ८ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरेकाे अख्तियारकाे दाबी छ। 

‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ। साभार लाेकान्तर


Related articles

विद्यार्थी अविभावकको पहिलो रोजाई बन्दै सुनवलका सामुदायिक विद्यालय

गोपी ज्ञवाली / रामकरण हरिजन– परासी, १२ असार । सामुदायिक विद्यालयको अवश्था खस्कीदै गएको पछिल्लो अवश्थालाई सुधार्न भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेका सामुदायिक विद्यालयहरुले विद्यालय सुधार अभियान नै संचालन गरे पछि अहिले सुनवलका सामुदायिक विद्यालयहरु विद्यार्थी अविभावकहरुको पहिलो रोजाई बन्दै गएका छन । सामुदायिक विद्यालयहरुको अवश्था सुधार्नका लागि भन्दै सुनवल क्षेत्रमा रहेका सामुदायिक विद्यालयका संचालक […]

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ बेपत्ता

विराटनगर, १ असोज। संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *