नवलपरासीमा युवा सत्याग्रहिको समर्थनमा सिठी जुलुस

परासी, २१ असार । नवलपरासीको सदरमुकाम परासी बजारमा युवा सत्याग्रहिको समर्थनमा सिठी जुलुस निकालिएको छ। पावर अफ नेपाल नामक सामाजिक सन्जाल ग्रुपको आयोजनामा जुलुस निकालिएको हो। क्वारेन्टाइनको उचित ब्यबस्थापन, स्वास्थ्य सुबिधाको असल प्रबन्ध लगायतका माग राख्दै काठमाडौ पाटन दरबार स्क्वायरमा सत्याग्रह गर्दै आइरहेका युवाहरुको समर्थनमा सिठ्ठी जुलुस गरिएको हो।
बुद्ध चोक देखि जिल्ला प्रशासन कार्यालयको मुल गेट सम्म सिठी बजाउदै स्वतस्फूर्त युवाहरु हातमा राष्ट्रिय झन्डा बोकेर सडकमा निस्किएका थिए।उनिहरुले भ्रष्टाचारिलाई कार्वाही गर, क्वारेन्टाइनमा स्वास्थय सुबिधा ब्यबस्थापन गर लगायतका नारा लेखिएका पम्पलेट समेत बोकेका थिए।

पावर अफ नेपालका संयोजक एलिज गहतराजले सरकारलाई खबरदारी गर्न सत्याग्राही प्रती ध्यानाकर्षण गराउन सिठ्ठि जुलुस निकालिएको जानकारी दिनु भयो। सरकारले जनताको आवाज नसुनेकोले साङ्केतिक रुपमा सिठी बजाएर युवाहरुको आवाज सुनाएको अर्का सहभागी युवराज पाण्डेले बताउनु भयो। साथै सो जुलुस जिल्ला प्रशासनबाट फर्किएर बुद्ध चोकमा आई कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै विद्यार्थी नेता किशोर गैरेले जनता कोरोनाले भन्दा पनि सरकारको अक्रमण्यताका कारण समस्यामा परिरहेको बताउनुभयो। राजाशाहिको तानाशाह प्रवृत्तिका अघि नझुकेका जनता, आफैले चुनेको प्रतिनिधिका अघि नझुक्ने बताउदै जनताको आक्रोशको सामना गर्न तयार रहन पनि चेतावनी दिए।

साथै सोही कोण सभालाई सम्बोधन गर्दै युवा नेता दधी पौडेलले युवा परिवर्तनका सम्वाहक युवा नै भएको बताउनुभयो। सत्याग्रहीको जीवन रक्षाको माग गर्दै सरकारले युवा सत्याग्राहीका मागहरु निसर्त पूरा नगरे बिद्रोह हुन सक्ने चेतावनि दिए। # साभार कामना डैली डटकम

Related articles

सुनवलको निर्माणाधीन हिलपार्क क्षेत्रमा वृक्षारोपण

🔹जीवन न्यौपाने-सुनवल, १५ असार । नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि वृक्षारोपण गरिए नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिएका हुन। सो क्षेत्रमा बोटलपाम […]

जनमत पार्टीले बुझायो जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

परासी, ३० जेष्ठ । जनमत पार्टी नवलपरासीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्माओलीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला इन्चार्ज बालगोविन्द चौधरीको नेतृत्वमा ७ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको पार्टीका जिल्ला ईन्चार्ज बालगोविन्द चौधरी, बरिष्ठ नेता बिजयनाथ यादव, कन्हैया […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *