नवलपरासीको बर्दघाटमा मदन भण्डारी बौद्धिक मञ्चद्धारा एकताको खबरदारी जुलुस प्रर्दशन

परासी १९ असार ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाईदैन भन्दै पश्चिम नवलपरासीको बर्दघाटमा मदन भण्डारी बौद्धिक मञ्च नवलपरासीले खबदारी जुलुस गरेको छ । बैदेशिक हस्तक्षेप बन्द गरौ राष्टिय एकता कायम गरौ, फेर्नु पर्छ देशको चाडै मुहार पाँच बर्ष स्थिर सरकार सहित प्लेकार्ड सहित खबरदारी जुलुस गरेका थिए ।

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक मञ्चले दुवै पदबाट ओलीलाई हटाउन नहुने नारासहित खबदारी गरेका हुन ।
उनीहरुले कोरोना महामरीबिरुद्ध लडिरहेको अवस्थामा सररकालाई सहयोग गर्नुपर्नेमा जोेड दिएका थिए ।बर्दघाट नगरपालिकाको चिसापानीबाट निस्केको खबदारी जुलुस बर्दघाट बजार परिक्रम गरी कोण सभा परीणत भएको थियो ।
कोण सभामा बोल्दै जेष्ठ कम्युनिष्ठ मञ्चका पूर्व केन्द्रिय सल्लहकार खिमलाल पोखरेलले पाटीभित्र सरकार ढल्न खोजिएको र भारतीय बिस्तारबाद पनि सक्रिय रहेकाले त्यसको निम्ति खबदारी जुलुस गरिएको बताए । ओली सरकार नै पाँच बर्ष कस्थिर सरकार चलाउन पाउनु पर्छ जोड दिएका थिए । खबरदारी जुलुसमा बिभिन्न बौैद्धिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Related articles

पृथ्वीचन्द्र अस्पतालमा सहयोग जुटदै

परासी, २३ असोज । जिल्लाको पृथ्वीचन्द अस्पतालमा बढदै गएको विरामी चाँप देखेर पुर्व प्रहरी महानिरिक्षक (आईजि) समेत रहेका धु्रव बहादुर प्रधानले प्रसुती गृहको माथिल्लो तल्ला थप्ने घोषणा गरेका छन् । पहिला पनि आफ्नै लगानीमा प्रसुति गृहको भवन निर्माण गरिदिएका प्रधानले सोमवार अस्पतालमा पुगेर विरामीको अवस्था हेर्दै सो घोषणा गरेका हुन् । अस्पतालमा विशेषज्ञ सेवा शुरु […]

रामग्राम नगरपालिकाले एक दर्जन सिफारिश सेवा निशुल्क गर्ने

परासी, ३ मंसिर ।पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकाले नगरबाट हुने विभिन्न सिफारिश निशुल्क गर्ने भएको छ । आगामी हुने नगरको ४ आंै नगर सभाबाट पारित गरि करिब एक दर्जन सिफारिश सेवाहरु निशुल्क गर्ने आज आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ । नगरपालिकाले कृषि बिमा सिफारिश, दुर्घटना बिमा सिफारिश, क्रियाखर्चका लागि जरना दाउरको सिफारिश, दिर्घ रोगीको लागि […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *