सरावलमा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

🔹उमेश बि.क-

परासी ,१६ असार। नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका दशवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण गरिएको छ।

विद्यालय जान हौसला र अन्य विद्यार्थीहरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले मुख्यमन्त्री ग्रामीण विकास परियाेजनाबाट दशवटा सामुदायिक विद्यालयमा ५० जना विद्यार्थीलाई संख्याको आधारमा विपन्न तथा जेहन्दार विद्यार्थी छनोट गरेर वितरण गरिएको हो ।

५५ थान साईकल खरिद गरेकोमा ५० वटा वितरण गरिएको र बाँकी ५ वटा साईकल अवस्था हेरेर विद्यार्थीहरुलाई नै प्रदान गरिने बताईएको छ ।

विद्यालयमा जेहेन्दार तथा उत्कृष्ट नतिजा प्राप्त बिद्यार्थीकाे अधारमा अादर्श मा.बि खाेखरपुरा ६, बसन्त मा.बि बासा ६ , जनता मा.बि मनरी ७ , जनता मा.बि भुजहवा ८ ,महेन्द्र जनता मा.बि गडाैरी ५ ,महेन्द्र मा.बि सरावल ५ ,सुबन्सि अधारभुत बिद्यालय अत्रहटी ३ , जनजागृति नि.मा बि पुसाैलि ३ , बिनाेद निता कण्डेल बडहरा दुबाैलिया ३ ,जनता निमाबि धनगडवा ४ गरि ५० अाेटा साईकल प्रदान गरिएको हाे।

मुख्यमन्त्री ग्रामीण विकास परियाेजनाकाे निर्देशक तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे अातिथ्यतामा एक कार्यक्रम बिच साइकल हस्तान्तरण गरिएको हाे।

साइकल हस्तान्तरण गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले छात्र छात्राको पहुँच शिक्षामा पुर्‍याउने उद्देश्यले विद्यालय आउन असहज जेहेन्दार तथा उत्कृष्ट नतिजा प्राप्त छात्र–छात्रालाई छनौट गरी साईकल वितरण गरेको बताउदै साइकल पाएका वालिकाहरुलाई पढाइ विचैमा नछोड्न र साइकल सहयोग पाएको उपलव्धि समेत भबिश्यमा देखाउन आग्रह गरे ।
उनले भने–‘छात्र छात्राहरुले शिक्षा हासील गरि सशक्तिकरण भई अधिकारका लागि समेत अगाडि बड्नको लागि यो सहयोगले प्रेरणा दिने विश्वास लिएको छु । साथै सरावल गाउँपालिकाकाे तर्फबाट शिक्षामा बिशेष जाेड दिदै अाइरहेकाे कुरा अवगत गराउदै विद्यार्थी लाभ कार्यक्रमहरु अगामी दिनमा पनि निरन्तर्ता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बदलिदो परिवेश र आधुनिक युगमा शिक्षाको महत्त्व बढेकोले शिक्षा नभए समाज , राष्ट्र शिक्षित हुन नसक्ने बताउनु भएको हाे। शिक्षालाई जोड दिनु पर्ने र सरकारले समेत शिक्षालाई प्राथमिकतामा राखेको अवस्थामा गाउँपालिकाको शिक्षाको स्थितिलाई सुधार गर्न गाउँपालिकाले कन्जुस्याइँ नगर्ने समेत बताउनु भएको हाे।

साइकल बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,मुख्यमन्त्री ग्रामीण विकास परियाेजना समिति सदस्य पहलाद पासवान,शिक्षा शाखा अधिकृत तुलसि प्रसाद अधिकारी,विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियाे ।

विद्यार्थीहरुले साईकल प्राप्त गरेपछि आफुअरुलाई पढाईमा सहजता भएको तथा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग हुने प्रतिक्रिय दिए ।

Related articles

३ दिन अझै देशभर वर्षा, सतर्कता अपनाउन सुझाव

काठमाडौं ,२० साउन। मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । […]

अख्तियारको टोलीद्वारा नापी अधिकृत पक्राउ

रौतहट, ३१ श्रावण ।  नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल १४ हजार घुस रकमसहित पक्राउ परेका छन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए । अधिकृत […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *