नवलपरासीमा पनि मनाइयाे १७ औं राष्ट्रिय धान दिवस

0
386

🔹उमेश बि.क-

परासी,१५ असार। “धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित ज्याेति सम्बाद केन्द्रकाे अायाेजनामा तथा सरावल गाउँपालिका,ABC Nepal ,स्ट्राेम फाउन्डेसन नेपालकाे संयुक्त सहयाेगमा खेतमा धान रोपेर १७ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज सोमबार धान दिवस संगै रोपाईं जात्राका रुपमा विविध कार्यक्रम गरि धान दिवस धुमधाम साथ सम्पन्न गरिएको छ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै थोरै व्यक्तिहरुको उपस्थितिमा जनप्रतिनिधि तथा किशोर किशोरीहरुले सरावलको हाताभित्र रहेको खेतमा धानको बेर्ना रोप्दै उक्त दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले हालसम्म नवलपरासी जिल्लामा ९५ प्रतिशत भन्दा बढि धानको रोपाई भइसकेको बताउनुभयाे । मौसमको अनुकुलताको कारण यस वर्ष धानको वीउ चाँडै हुर्कनुको साथै खेतमा पानी प्रयाप्त भएको कारण राष्ट्रिय धान दिवसको दिनसम्म ९५ प्रतिशत धानको रोपाई सम्पन्न भइसकेको बताउनुभयाे ।

नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, सन्तुलन मलखादको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको बताउदै सरावल गाउँपालिकाबाट कृषि क्षेत्रको समस्या बुझ्दै विभिन्न कृषि अनुदान तथा कृषकलाई प्रत्यक्ष लाभ हुने काम गरिरहेको र अगामी अार्थिक बर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले
कोरोना महामारीले कृषिको महत्त्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने निति लिएको बताउनु भएको हाे । धान दिवसका अवसरमा शूभकामना सन्देश दिदै कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकरात्मक असरलाई न्यूनिकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयाे ।

१७ औं राष्ट्रिय धान दिवसमा धान राेपाई गरि दहि चिउरा खाएर सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,समाजसेवी बिनाेद पाण्डेय ,एबिसि नेपालकि सहजकर्ता साइदा नेसा,सबिता चाैधरी,किशोर किशोरी सम्बादका महेश यादव,सन्दिप बि.क , सुरेन्द्र प्रजापति,सन्जय जैसवाल,अारिफ अलि खान , दुर्गा बि.क लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here