सुनवलको निर्माणाधीन हिलपार्क क्षेत्रमा वृक्षारोपण

0
409

🔹जीवन न्यौपाने-
सुनवल, १५ असार । नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि वृक्षारोपण गरिए नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिएका हुन।

सो क्षेत्रमा बोटलपाम (१ सय ४) करबिर (३ सय ५०) घण्टिफुल (२ हजार १ सय) स्वामि (२३) कल्कि (१ सय) अशोका (५ सय) गार्डेन कटेन (१ सय) रोयल पाम (५०) गरि अन्य १६ प्रजातिका ४ हजार ६ सय ९८ सौर्न्दर्यबर्धक विरुवा खरिद गरि १ हप्तामा वृक्षारोपण कार्य सकिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बुटवल कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिएका छन।

कार्कीले सो विरुवा खरिदमा मात्रै १३ लाख ६२ हजार रुपैयाँ खर्च भएको वताए । हिलपार्क निर्माणाधीन क्षेत्र चुरेको काखमा नै रहेको र भविष्यमा त्यस क्षेत्रमा पर्न सक्ने पानी, माटो र वातावरणीय क्षतिको असरलाई मध्यनजर गर्दै त्यसको संरक्षणका निमित्त वातावरणमैत्री विकासको स्वरुप वृक्षारोपणका लागी चुरे संरक्षण विकास समितीले सो आर्थिक रकम तथा प्राविधिक सहयोग गरेको उनको भनाई छ ।वृक्षारोपण कार्यका लागी चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सुचिकृत बेरोजगार व्यक्तिहरूलाई खटाइएको नगरपालिकाका रोजगार संयोजक शकर पन्थीले बताए ।

सो वृक्षारोपण कार्यक्रम उद्घाटनका प्रमुख अतिथी नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी सुनवल नगरपालिकाले हिलपार्क निर्माण कार्यलाई १५ वर्षे गौरवको योजनाको रुपमा अगाडि बढाएको र आफुहरुको योजनालाई प्रदेश सरकारले सहयोग गरेको बताए । हिलपार्क निर्माण सम्पन्न पश्चात अबलोकनका लागी आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य वृद्धि हुने क्षेत्रीको विश्वास छ ।

सुनवल चौराहा देखी झन्डै साढे ४ किलोमीटरको दुरिमा निर्माण गर्न लागिएको हिलपार्कका लागी ५ नम्बर प्रदेश र नगरपालिकाले बराबरी आर्थिक लगानीमा सहकार्य गरिरहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा हिलपार्क निर्माण क्षेत्रसम्म जानका लागी बाटो निर्माण, बिजुलि, खानेपानी र शौचालयको निर्माण सम्पन्न गरिसकेको छ । कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगरका कर्मचारी, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, स्थानिय समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here