नागरिकता विधेयक विरुद्ध नवलपरासी कांग्रेसद्वारा बिरोध प्रदर्शन

🔹हरि शर्मा-

परासी, १४ असार। नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको मागगर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ ।

सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यबहाक जिल्ला सभापति अजुर्न कुमार पोखरेलको नेतृत्वमा निस्केको जुलुसपछि आयोजित कोणसभामा संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवदकरण जयसवाल, महिला नेतृ आरधाना भट्ट, विक्रम यादव, उमेश यादवलगायतले कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए । साभार: अन्नपूर्ण पोष्ट

Related articles

बालमैत्री नगर घोष्णा गर्न यसरी पछाडी पर्दै रामग्राम नगरपालिका : स्थानियद्धारा आलोचना व्यहोर्दै

परासी, १० असोज । पश्चिीमी नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानिय शासन नगर घोष्णा गर्ने कार्यक्रम ६ महिनादेखि अलपत्र परेको छ । बालमैत्री नगर घोष्णा गर्ने कार्यक्रममा जनप्रतिनिधि र प्रशासकिय अधिकृतले चाँसो नलिदा ६ महिना देखी अलमलमा परेको छ । २०७४ साल मासन्त भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएर अभियान चलाईए पछि पछिल्लो समयमा सो […]

त्रिवेणी नदीमा प्राविधिक टोलीद्धारा पानी जहाज संचालनको सम्भाव्यता अध्ययन

बर्दघाट, २० फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानी जाहाज सञ्चालन गर्ने सम्भावनाको विषयमा नेपाल र भारतका प्रतिनिधि टोलीले नवलपरासीको त्रिवेणी नदिमा पानी जाहाज सञ्चालनको संभाब्यता अध्ययन गरेको छ । नवलपरासीको त्रिवेणीमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका तर्फबाट जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डकोे […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *