नवलपरासीको क्वारेन्टाइनमा रहेका ४५ बर्षिय पुरुषको मृत्यु

0
236

🔹रबिन्द्र यादव-

परासी१४ असार। नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका – २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको मृत्यु भएको छ । गए राती करिव २ बजेको समयमा उनको अवस्था गम्भिर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियोे र उपचारकै क्रममा उनको विहान ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगगगरपालिका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए ।

बर्दघाट २ चिसापानीकै ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । उनी पहिल्यै देखि ब्लेड प्रेसर र मुटुको विरामी समेत भएको शर्माले बताए । उनमा कोरोना भए वा नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको बर्दघाट नगरपालिकाले जनाएको छ । पिसिआर रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोनाकै कारण हो वा अन्य कारण हो भन्ने पुष्टि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here