मनसुन सक्रिय बनेसँगै बाढी–पहिरोको खतराः कस्तो छ तयारी ?

काठमाडाै, १४ असार । वि.सं. २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी १५६ जनाले अनाहकमा ज्यान गुमाए । २७ घाइते भए भने ४३६ जना विस्थापित भए । त्यतिबेला जुरेमा कसैले सोच्दै नसोचेको पहिरो गयो ।

विभिन्न समयमा भिरालो जमिनबाट अलिअलि गरेर माटो खस्न गरेको सर्वसाधारणहरुलाई पहिला नै थाहा थियो । तर रातको समयमा एक्कासी गएको पहिरोले त्यहाँको बासिन्दालाई ऐय्या पनि भन्न नपाउने गरी यो संसारबाट चुँडेर लग्यो । माटो खस्ने गरेको थाहा पाएका जुरेवासी पहिले नै सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् । समयमा ध्यान नदिँदा नै त्यहाँ ठूलो दुर्घटना भयो ।

त्यस्तै वि.सं. २०७३ साल असार २१ गते – सिन्धुपाल्चोकको भोटेकोशीमा भीषण बाढीपहिरो गयो । २५ भन्दा बढी घरमा क्षति पुग्यो, सडकलगायत भौतिक पूर्वाधार ध्वस्त बने । यी प्रतिनिधिमुलक घटना मात्र हो ।

यतिबेला मनसुनको समय हो । समयमा ध्यान नदिँदा जुरे र भोटेकोशीमा गएको भीषण बाढीपहिरोले जस्तै अनाहकमा सयौँको ज्यान जान सक्छ । त्यसैले समयमै बाढी, पहिरो र डुबानबाट सचेत हुनुपर्ने पूर्वसचिव भीम उपाध्याय बताउँछन् ।

वर्षा सुरु भएसँगै तराईमा बाढी, डुबान र हिमाल तथा पहाडमा पहिरोको जोखिम बढेको छ । बाढी, डुबान र पहिरोलगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको क्षति हुने गरेको छ । यो वर्ष पनि वर्षा लागेसँगै ठाउँ–ठाउँमा बाढी, डुबान र पहिरोको समस्या देखिन थालेको छ । गत मंगलबार मात्रै पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भयो ।

बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले दर्जनौंले अनाहकमा ज्यान गुमाउनुपरेको छ । गत वर्ष बाढी र पहिरोको कारण १ सय ५६ जनाले अनाहकमा ज्यान गुमाउनपर्यो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको पछिल्लो एक हप्ताको विवरण हेर्ने हो भने २० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वर्षायाममा आउने बाढीले हरेक वर्ष ठूलो धनजनको क्षति गर्ने गरेको छ ।

वर्षेनी बाढीको प्रकोप खेप्न बाध्य तराईवासी

हरेक सालको वर्षायाममा तराईवासीले बाढी र डुबानको सामना गर्नुपर्छ । यो नियति यो वर्ष पनि पुरानै पारामा दोहोरिनसक्ने आंकलन गरिएको छ । वर्षा सुरु भएपछि तराईका सयौं घर डुबानमा पर्छन् । हरेक वर्ष बाढीले बितण्डा मच्चाउने तराईमा कहिल्यै भरपर्दो तटबन्धको व्यवस्था हुन सकेको छैन । तटबन्धको राम्रो व्यवस्था नहुँदा हरेक बाढीका बेला तराईवासीका वस्ती डुबानमा पर्ने गरेका छन् ।

बाढीका कारण तराईका सयौं हेक्टर जमिनमा लगाइएको धानबाली समेत डुबानमा पर्छ । बाढीकै कारण सप्तरीका दर्जनौं भित्रि सडक मात्र नभएर पक्की सडक र पुलहरु समेत जोखिममा पर्ने गरेको छ ।

तराईमा अझै पनि बाढीको प्रभाव रोक्ने दीर्घकालिन उपाय अपनाउन सकिएको छैन । गृह मन्त्रालय बाढी, पहिरो र डुवान पीडितहरुको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाइएको दावी गर्छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति र स्थानीय प्रशासनको संयुक्त पहलमा उद्दार, राहत र क्षतिपूर्ति दिने व्यवस्था मिलाइसकिएको गृह मन्त्रालयका प्रवक्ता केदार शर्मा बताउँछन् ।

सरकारले सधैँ आफ्ना सबै निकायहरु तयारीमै रहेको दावी गरेपनि दीर्घकालीन उपाय अझै पनि खोज्न नसकेको पूर्वसचिव उपाध्ययले बताए । उनले भने, ‘प्राकृतिक प्रकोप रोक्न त सकिँदैन । तर, प्रकोपबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।’

हरेक वर्ष बाढी आउँछ भन्ने थाहा भएपनि सरकारले बाढी नियन्त्रणका लागि काम गर्न नसकेको आरोप छ । सरकारले दीर्घकालीन रुपमा बाढी रोक्ने काम गर्नुपर्ने जनताहरुको आवाज छ ।

कसरी बच्ने बाढी, पहिरो र डुबानबाट ?

नेपालको बाढी र पहिरोको कारण हामीले थाहा पाइसकेका छौँ । त्यसैले यी कारणलाई निर्मूल पार्न अथवा घटाउन सक्यौं भने समस्याको समाधान पनि सजिलो र दिगो हुनसक्छ । कमजोर भौगर्भिक बनोट र पहाड बन्ने क्रम जारी रहेको अहिलेको अवस्थालाई रोक्न सक्ने अवस्था नरहेको विपद् जोखिम विज्ञ डा. सुबोध ढकाल बताउँछन् ।

गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्ने ढकालको भनाइ छ । ढकाल भन्छन्, ‘होचो भूभागमा आवातजावत गर्न हुन्न र, बाढीपहिरो आएको थाहा पाउने बित्तिकै समूहमा बस्नुपर्छ ।’

ढकालले बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न नहुने बताए । ढकालका अनुसार बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ ।

जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको भएकाले सम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्ने ढकालको भनाइ छ ।

१. सुरक्षित स्थान खोजी गरी जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नुपर्छ ।

२. दृढ अठोट, इच्छाशक्ति र दुरुस्त प्राविधिक योजना आवश्यक छ ।

३. योजना बनाउनेहरू, राजनीतिक दलहरू, सरकार अनि कार्यान्वयन गर्ने निकाय सबैले अडिग भएर आआफ्नो क्षेत्रबाट यसमा काम गर्न जरुरी हुन्छ ।

४. पूर्व तयारीलाई प्राथमिकता दिनुपर्छ ।

५. विपत्तिमा काम गर्ने निकायबीच समन्वय हुनुपर्छ ।@#साभार राताेपाटी डटकम

Related articles

भारतले नहरमा पानी नछोडेपछि पावर हाउसलाई प्रतिदिन ७ लाख २० हजार घाटा

परासी, ३० बैशाख । भारतीय पक्षले गण्डक नहरमा समयमै पानी नछोडेपछि पावर हाउले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको छ । गण्डक नहर सहित भारतीय नहर मर्मत तथा सरसफाईका लागि भारीय पक्षले एक महिनामात्र नहरमा पानी बन्द गर्ने सेडुल रहेपनि अहिलेससम्म नहरमा पानी नछोडेपछि नवलपरासीको गण्डकजल विद्युत केन्द्रले प्रतिदिन ७ लाख २० […]

नवलपरासीकाे छुट्टा छुट्टै तीन दुर्घटनामा ६ को मृत्यु २३ घाइते

नवलपरासी, ७ असाेज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीमा भएकाे छुट्टा छुट्टै तीन सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएकाे छ भने २३ जना घाइते  भएका छन । गएराती जिल्लाकाे कावासोती खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ८५३२ नं को ट्क र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ३४०९ नं को कार […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *