रामग्राम जेसीजले गर्यो लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम

🔹मोहन पौडेल-

परासी, १२ असार । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक कार्यमा समेत आफूलाई अब्बल सावित गर्न सफल रामग्राम जेसीज परासीले आज लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारी आज परासीमा एक कार्यक्रम गरी युवाहरुलाई लागूऔषधको दुव्र्यसनी र कुलतबाट जोगाउन सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय लागुऔषधको दुव्र्यसन बदलिदैँ गएको भन्दै अभिभावकहरुले विशेष निगरानी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । पश्चिम नवलपरासी जिल्ला भारतसँगको खुला सीमाना हुँदा युवाहरु सजिलै लागुऔषध ओसारपसार र दूव्र्यसनमा फस्ने गरेकोले उर्जाशिल उमेर समूहका युवाहरुले उक्त कार्यमा लाग्न नदिन पूर्व सचेतना कार्यक्रम गरिएको रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो ।

उक्त अवसरमा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्यालले युवाहरुलाई लागुऔषधको दुव्र्यसनबाट जोगाउन रामग्राम जेसीजले महत्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । यसको नियन्त्रणका लागि आफूले पनि यस क्षेत्रमा केही गर्ने योजना बनाएको बताउनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा संस्थापक अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय, रामग्राम जेसीजका पूर्व अध्यक्ष मुक्तिप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आस्था समूहका कार्यक्रम संयोजक चेतनारायण भण्डारीले लागुऔषध दुव्र्यसनीको जिल्ला र देशको अवस्था तथा नियन्त्रणको उपायको बारेमा सहजीकरण गर्नुभएको थियो भने निर्भाना संस्थापन समूह पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक ध्यानेन्द्रमणि तुलाधरले विगतमा आफू दुव्र्यसनीमा पर्दाका क्षणहरु र त्यसबाट मुक्त भएपछिको अवस्थाबारे अनुभव आदानप्रदान गर्दै लागुऔषधको दुव्र्यसनबाट हुने असरका विषयमा सहजीकरण गर्नुभएको थियो ।

रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरीको सञ्चालन, कार्यक्रम संयोजक मोहन पौडेलको स्वागत तथा उपाध्यक्ष सुनिता अग्रहरीको आस्था पाठमा उक्त कार्यक्रम सम्पन्न भएको थियो

Related articles

प्रहरी, सिमामा पटाखा पक्रदै : व्यपारी बजारमा पटाखा बेच्दै

महेसपुर, २६ असोज । नवलपरासीको महेसपुर बजारमा छयाप्छप्ती पटाखा बेचीरहेको पाइएको छ । पटाखाले गाउँ बस्तीमा आगो लाग्न सक्ने, ध्वनी प्रदुष्ण हुने र यसको बढि आतिस्वाजीले दुरुप्योग हुन सक्ने भन्दै प्रहरीले पटाखा आयातमा रोक लगाएपनि सिमावर्ति बजार महेसपुरमा छयाप्छप्ती पटाखा बेचीरहेको पाइएको छ । स्थानिय महेसपुरका केहि व्यपारीहरु भारतीय बजारबाट चोरीलुकी गरि ल्याएका विभिन्न प्रकारका […]

दुधको बजारीकरणमा समस्या

गैंडाकोट, ३१ श्रावण । पुर्वी नवलपरासीको गैंडाकोटमा उत्पादित दुधको बजारीकरणमा मुख्य समस्या रहेको गैंडाकोटका दुग्ध सहकारीका प्रतिनिधी तथा दुग्ध व्यवसायीहरुले बताएका छन् । उत्पादित दुधको लागत बढि तथा मुल्य कम परेको समेत उनिहरुले बताएका छन् । विजय एफएम १०१.६ गौरबमय १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित “दुग्ध व्यवसायको प्रर्वधनमा मिडियाको भूमिका” विषयमा दुग्ध सहकारी […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *