पश्चिम नवलपरासीमा मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया थालियो

परासी, १२ असार । पश्चिम नवलपरासीमा मुस्लिम विश्व विद्यालय स्थापना गरिने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी सुस्ता गाउँपालिका–३ ले विश्व विद्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरेको हो ।
कमिटीका अध्यक्ष निजामुद्धिन मियाको अध्यक्षतामा बसेको बैठकले मुस्लिम आदिवासी, जनजाति, असहाय, विपन्न, पिछडावर्ग, दलित समुदायका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न मुस्लिम विश्वविद्यालय स्थापनाको आवश्यकता महशुस गरी उक्त निर्णय गरेको जनाएको छ ।

मदारबाबा अन्र्तगत स्थापना हुने उक्त विश्वविद्यालय स्थापनाको लागि आवश्यक पहल गर्न र कानूनी प्रक्रिया पूरा गर्नका लागि मूस्लिम अगुवा बुद्धन अलिको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा हैदरअलि मोमिन, घनश्याम यादव, अशोकजंग राणा, अजमुद्धिन मिया, रियाजुलहक अंसारी, वरिष्ठ अधिवक्ता बाबुराम पौडेल, मुकुन्द पौेडेल, प्रभु विश्वकर्मा, अब्दुल मजिद अन्सारी, मदारबाबाका गद्दीनसिन अमिरुल्लाह अन्सारी रहनुभएको सचिव अजमुद्धिन मियाले जानकारी दिनुभयो । ईस्लाम शिक्षाका लागि अहिले यहाँका विद्यार्थीहरु भारत जानुपर्ने बाध्यता छ ।

Related articles

दमन भए संर्घषमा उत्रिने क्रान्तिकारी माओवादी नेताहरुको उद्घोष

परासी, १८ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची महाकाली अभियानको टोलीले रुपन्देहीको कञ्चन गाउपालिका ३ हरैयामा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले कपिलबस्तुको महलीसागर बाँध अनुगमनमा गएका अभियानकर्मी माथि दमनको तयारी गरिएको भन्दै दमन भए संर्घषको उदघोष गर्ने चेतावनी दिएका छन् । सो अभियानमा क्रान्तिकारी माओवादीका […]

प्रहरी जवान आधारभुत तालिमको दिक्षान्त समारोह

परासी, ५ असाेज । नवलपरासीको सुनवल ११ जर्गाह स्थित प्रहरी युक्ति तालिम महाविद्यालयको आयोजनामा प्रहरी जवान आधारभुत तालिम पहिलो समुहको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । समारोह प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमाण्डौंका प्राधानाआचर्य प्रहरी नायव महनिरिक्षक राम प्रसाद श्रेष्ठको प्रमुख अतित्थ्यता सम्पन्न भएको हो । सो समारोहमा विद्यालयका २०७४ मंसिर २७ गतेबाट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *