परासी, १२ असार। नवलपरासीमा मोबाइल पसलमा चोरी गर्ने एकजना पक्राउ परेका छन। सुनवल नगरपालिका वडा नं. २ स्थित ईशरायल मोवाईल एण्ड ईलोक्ट्रोनिक्स सेन्टरबाट मोबाइल सहित विभिन्न सरसमान चोरी गरि फरार रहेको एक युवकलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ।
गस्तीमा खटिएको प्रहरी टोलिले परासीको निलोगेटबाट मोबाइल चोरी गर्ने पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर बस्ने पप्पु ठाकुरलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेको ठाकुरका साथबाट विभिन्न ब्रान्डका पुराना मोवाईल ६ थान, पुरानो डेस्टप कम्पुटरको डिस्प्ले मनिटर १ थान, बिभिन्न ब्रान्डका मोवाईल कभर ८३ थान, बिभिन्न ब्रान्डका मोवाईल व्यट्री २६ थान, मोबाईल हाउजिङ्ग- ६ थान, एरफोन १७ थान, डाटाकेवल ५ थान, मोवाईल चार्जर ६ थान, मोवाईल डिस्प्ले ५ थान , स्टिकर १० थान र मल्टिमिटर १ थान रहेको प्रहरीले जनाएको छ।
दिउँसो २ बजेको समयमा शंकास्पद रुपमा हिडिरहेका ठाकुरलाइ सोधपुछ र चेकजाँच गर्दा निजको साथमा निम्न सामानहरु फेला परेकोले तत्काल उनलाइ नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ्।