नेपाली कान्ग्रेस द्वारा हार्दिक श्रध्दान्जली सभा सम्पन्न

0
454

परासी, १२ असार । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा काे १३अाै दिनकाे पुण्य तिथिमा अाज नेपाली कान्ग्रेस नवलपरासी ले हार्दिक श्रध्दान्जली सभा सम्पन्न गरेकाे छ ।अाज वहाकाे निवास त्रिबेणी मा वहाकाे अात्मा प्रति हार्दिक श्रध्दान्जलि सभा सम्पन्न गरेकाे नेपाली कान्ग्रेसले जनाएकाे छ।

जेठ ३२गते गाडि दुर्घटना मा परि दुखद निधन भएकाे थियाे ।नेपाली कान्ग्रेस पश्चिम नवलपरासी का सभापति बिष्णु पाैडेल काे सभापतित्व तथा नेपाली कान्ग्रेस का केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महत काे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारी ,रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ता ,प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु चाैधरी ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,पुर्व गृहमन्त्री देवेन्द्रराज कण्डेल लगायत ले शाेक मन्तब्य ब्यक्त गर्न भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि महतले राजकुमार शर्माकाे निधनले नेपाली कान्ग्रेसलाई ठुलाे क्षति पुर्याएकाे बताउनु भयाे ।वहाकाे निधनले कान्ग्रेसलाई मात्र नभई एउटा समाजकाेअसल अगुवा नै गुमाएकाे ले देशलाई नै स्तब्ध बनाएकाे बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here