नवलपरासीको ७ वटै पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख : कुन पालिकाको कति?

परासी, १२ असार । पश्चिम नवलपरासीको ७ वटै स्थानिय तहकोे कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानिय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख ५६ हजार २०० रुपैयाको अनुमाति बजेट प्रस्तुत गरेको छ भने सुनवल नगरपालिकाकाले ७६ करोड ३३ लाख ३७ हजार ५०९, बर्दघाट नगरपालिकाकाले ९६ करोड ८६ लाख १ हजार ५७० रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
यता पाल्हीनन्दन गाउँपालिकाले पनि ४३ करोड ३७ लाखको अनुमानति बजेट प्रस्तुत गरेको छ भने, सरावल गाउँपालिकाले ५३ करोड ९० लाख, प्रतापपुर गाउँपालिका ६९ करोड ८१ लाख ९६ हजार ०६८ रुपैया र सुस्ता गाउँपालिकाले ६० करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । ७ वटै स्थानिय तहहरु मध्ये बर्दघाट नगरपालिकाको बजेट बढि रहेको छ ।

७ वटै पालिकाहरुले क्रोना रोकथाम, कृषि, स्वास्थ्य, पुर्वधार विकास र स्वरोजगारका कार्याक्रमहरुलाई बजेटको प्राथमिकतामा राखेका छन् । यि ७ वटै पालिकाहरुले आ–आफनो गाउँ÷नगरको निति तथा कार्यक्रमहरु पनि प्रस्तुत गरेका छन् । क्रोनाले प्रभावित क्षेत्रमा विशेष लगानी र सहुलियत दिने गाउँपालिका तथा नगरपालिकाकाहरु निति तथा कार्यक्रममा उल्लेख रहेको सम्बन्धित पालिकाहरुले जानकारी दिएका छन् ।

Related articles

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं ३ असोज । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ ।  संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका […]

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौं ३० असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *