विद्यार्थी अविभावकको पहिलो रोजाई बन्दै सुनवलका सामुदायिक विद्यालय

0
647

गोपी ज्ञवाली / रामकरण हरिजन

परासी, १२ असार । सामुदायिक विद्यालयको अवश्था खस्कीदै गएको पछिल्लो अवश्थालाई सुधार्न भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेका सामुदायिक विद्यालयहरुले विद्यालय सुधार अभियान नै संचालन गरे पछि अहिले सुनवलका सामुदायिक विद्यालयहरु विद्यार्थी अविभावकहरुको पहिलो रोजाई बन्दै गएका छन ।

सामुदायिक विद्यालयहरुको अवश्था सुधार्नका लागि भन्दै सुनवल क्षेत्रमा रहेका सामुदायिक विद्यालयका संचालक समिती एवं शिक्षकहरुले संयुक्त रुपमा सामुदायिक विद्यालय सुधार अभियान नै संचालन गरे पछि अहिले सुनवल क्षेत्रका सामुदायिक विद्यालयहरु अविभावक विद्यार्थीको पहिलो रोजाईमा पर्न थालेको विद्यालय ब्यवस्थापन समिती सुनवल नगर संजालका संयोजक सुर्य न्यौपानेले बताएका छन ।

सुनवल क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक एवं विद्यालय ब्यवास्थापन समितीका पदाधिकारीहरुको संयुक्त भेलाले २०७५ साल जेठमा सुनवल सामुदायिक विद्यालय सुधार अभियानको गठन गरिएको बताईएको छ । यो अधियानको गठन पछि यस भित्र सम्बध ब्याक्ति एवं संस्थाले सामुदायिक विद्यालय सुधार्नका लागि के के गर्ने पर्दछ भन्ने विषयमा पहिला अनुसन्धान गरि सुधारका कामहरु क्रमश संचालन गर्न थाले पछि अहिले सुनवल क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालयहरुले काचुली फेर्न थालेको र यसको प्रभाव सतहमा देखीन थालेको सुनवल नगरपालिको पहिलो नमुना विद्यालय महाकवि देवकोटा माध्यामिक विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष ज्ञान हरि अर्यालले बताए ।

सुनवल क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुले विद्यालय सुधार अभियान संचालन गरी सके पछि अहिले नगरपालिका भित्र रहेका विद्यालयहरुमा विद्यालयको भौतिक पुर्वाधार सुधार, निजी विद्यालय सरह नै सरकारी विद्यालयहरुमा समानान्तर अंग्रेजी माध्यममा पढाई, विद्यालय भवन सुधार एवं सुन्दरीकरण, विद्यार्थीहरुलाई निजी प्रकाशनका महंगा पुस्तकहरुको निशुल्क वितरण, अति न्युन विद्यर्थी भएका नजिकका विद्यालयहरुको समायोजन, शिक्षक एवं कर्मचारीहरुको गिजिटल हाजिरा, विद्यालयको गतिविधी हेर्न विद्यालयहरुमा सीसी टिभि क्यामरा, निजी विद्यालय सरह नै सबै सरकारी विद्यालयहरुमा विद्यालय बसको ब्यवस्था लगाएतका कामहरु गरि सके पछि अहिले सुनवल नगरपालिकाका सामुदायिक विद्यालयहरु तर्फ अविभावक एवं विद्यार्थीहरुको आकर्षण बढेको पाईएको छ ।

सामान्य पैसा खर्च गरेर निजी विद्यालय सरह नै शिक्षा पाउने भए पछि आफना बालबालिकाहरुलाई महंगा निजी विद्यालयमा पठाउनुको सटटा सरकारी विद्यालयमा नै पठाउने ठिक समझी आफनी छोरीलाई स्थानिय सामुदायिक विद्यालय देवकोटा माध्यामिक विद्यालयमा पठाएको सुनवल ३ खैरेनीकी अविभावक देवी भटटराईले बताईन । सुनवलको बनकटटीमा रहेको भगवती माध्यामिक विद्यालयको हलमा विहिवार नेपाल शिक्षक महासंघ एवं विद्यालय ब्यवस्थापन समिती सुनवल नगर संजालको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलन सो कुरा बताईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here