रामग्राम नगरपालिकाद्धारा ८० करोड ५२ लाखकाे बजेट प्रस्तुत

परासी, ११ असार । रामग्राम नगरपालिकाले आगामी बर्ष २०७७/०७८ का लागि कुल ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न नगरको छैठांै नगरसभामा नगर उप प्रमुख रम्भा कुँवरले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेट निर्माणमा नगरपालिकाकाले क्रोना रोकथाम तथा उपचार, कृषि विकास र स्वास्थ्य पुर्वाधार विकासलाई प्राथमिकतामा राखी बजेट निर्माण गरेको छ भने क्रोना रोकथामका लागि १ करोड रुपैया बिनियोजन गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।
प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ १ करोड ७५ लाख रुपैया बिनियोजन गरिएको छ भने सामाजिक विकास तर्फ २४ करोड ५३ लाख ४१ हजार, पुर्वाधार विकास तर्फ ३१ करोड ५५ लाख ३८ हजार रुपैया बिनियोजन गरिएको छ ।

त्यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २५ लाख, संस्थागत विकास तथा सुशासन तर्फ १५ करोड ४३ लाख २२० रुपैया बिनियोजन गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । सभामा उप प्रमुख रम्भा कुँवरले नगरपालिकाको आगामी बर्षका लागि निति कार्यक्रम पनि प्रस्तुत गुर्न भएको थियो । नगरपालिकाकाले यस बर्ष आन्तरिक आय तर्फ १२ करोड ७७ लाख ४८ हजार ७०४ रुपैया आम्दानी हुने अनुमान गरेको छ ।

Related articles

अनुगमनको अधिकार छ तर स्टिमेट छैन, कसरी गर्ने अनुगमन ?

परासी, १४ चैत । गण्डक नदीमा निर्माणाधिन कार्यहरुको अनुगमन गर्ने नेपाली पक्षको सम्बन्धित निकायलाई अनुगमन गर्ने अधिकार प्राप्त छ तर स्टिमेट उपलब्ध नभएकाले अनुगमन गर्न सकिएको छैन । नेपाल भारत सम्झौता अनुसार गण्डक नदीको बाँध र तटबन्ध निर्माण कार्य भारतले आफनो बजेटबाट गर्ने र त्यसको अनुगमन नेपाली पक्षका सम्बन्धित कार्यालयले गर्ने सहमति भएपनि हुने निर्माण […]

लकडाउनमा पनि तस्करी : नारायणी नदीबाट शसस्त्र प्रहरीद्धारा ६२ हजारको रक्सी बरामद

परासी, ३ बैशाख । शसस्त्र प्रहरीले भारत निकासी गर्न लागेको ५५ पेटी रक्सी बरामद गरेको छ । साँझ ६ बजेको समयमा स्थानिय तस्करहरुले उक्त ५५ पेटी रक्सी डुङ्गामा लोड गरि नारायणीमा डुङ्गा तार्दै भारतको विहार भित्राउन खोज्दा सिमामा खटिएको शसस्त्र प्रहरीले डुङ्गा सहित रक्सी बरामद गरेको हो । यता प्रहरीलाई देखेपछि तस्करहरु भने फरार भएका […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *