नवलपरासीमा तस्करी मौलाउदै प्रहरी द्वारा ५० हजारको समान बरामद

परासी, १० असार । नवलपरासीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिमानाकामा सय-सय मिटरमा सशस्त्र प्रहरी परिचालन भएपनि खुल्ला रुपमा तस्करी भइरहेको पाइएको छ।

यसै क्रममा बुधवार गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज घनश्याम रिमालको नेतृत्वमा खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ५० हजार बराबरको प्लास्टिकको रस्सी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।

नियन्त्रणमा लिएको रस्सी आवश्यक कारवाहीकोलागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।
जिल्लाको सबै सिमानाकामा मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएपनि सशस्त्र प्रहरीको उपस्थितिमा तस्करी भइरहेको पाइएको छ ।
तस्करहरु दिनहुँ खुल्ला रुपमा युरिया मल, चिनी, किटनाशक औषधी, बिभिन्न किराना सामानहरु नेपाल प्रवेश गरी महगो मुल्यमा बिक्री बितरण गरिरहेको स्थानिय बताउछन ।

Related articles

सुनवल नगरपालिकाको बैठकबाट गरिएका निर्णयहरु : पुर्णपाठ सहित

सुनवल, २ बैशाख । आफनो नगर क्षेत्रमा राहत वितरण सम्बन्धि सुनवल नगरपालिकाको कार्यपालिका बैठक बसी विभिन्न निर्णय गरेको छ । आज ६४ आंै कार्यपालिकाको समिक्षात्म बैठकबाट गरिएको ५ वटा निर्णय नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । कार्यपालिका बैठकबाट राहत वितरण, र अनुमानित खर्च, कोषमा संकलित रकम, क्वारेन्टाईन संचालन व्यवस्थापन लगायतका ५ वटा निर्णय […]

स्कुटर दुर्घटनामा परि एक जनाको ज्यान गयो

नवलपुर, २ असाेज । सोमबार साझ भएको  स्कुटर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।सोमबार ७ .३० बजेको समयमा गैडाकोट २ स्थित पूर्व पश्चिम राजमार्गको भृकुटीचोकमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना १८प १२४६ नंको स्कुटर र विपरित दिशाबाट आउदै गरेको ना ४१ प २६७५ नंको स्कुटर एकआपसमा ठक्कर खादा ना ४१ प २६७५ नंको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *