सुनवल नगरपालिकाको कुल बजेट ७६ करोड ३३ लाख

परासी, १० असार । नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७÷०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया अनुमान गरिएको सभामा प्रस्तुत गरिएको छ ।

नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुजीगत तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया अनुमान गरेको बजेट नगर उप–प्रमुख दधिराम अर्यालले सभामा बजेट प्रस्तुत गर्नु भएको हो । उहाँले प्रस्तुत गरेको बजेटमा नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरेको नगर प्रमुख भरत थापाले जानकारी दिनु भयो ।

नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख ८५ हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया छुट्टाएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ । जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्टाएका नगर प्रमुख थापाले जानकारी दिनु भयो ।

त्यसैगरि पुर्वाधार बिकास तर्फ ६ करोड ५५ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ ७६ लाख रुपैया बिनियिजन गरिएको छ । त्यसैगरी क्रोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन गरिएको नगर प्रमुख थापाले जानकारी दिनु भयो । नगरपालिकाको ७ आंै नगरसभा प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले संचालन गर्नु भएको उक्त सभामा नगर प्रमुख थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

Related articles

लागु औषध सहित ३ जना पक्राउ

परासी, ४ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट ति ३ जना युवालाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १६ बस्ने २२ बर्षिय अभिनास भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँ […]

शसस्त्र प्रहरीद्वारा तस्करीका मालसामान बरामद

🔹सहबान अन्सारी/ सन्जय कुश्वाहा- परासी, ३० जेठ। शसस्त्र प्रहरीले विभिन्न नाकाबाट तस्करीका मालसामान बरामद गरेको छ। नवलपरासीका स्थानीय तस्करहरुले भन्सार छली भारतबाट अबैध रुपमा नेपाल भित्राइरहेको ३ लाख २५ हजार मुल्य बराबरको सर-सामान शसस्त्र प्रहरीले बरामद गरि आवश्यक कर्वाहीकालागी महेसपुर भन्सार पठाएको छ। सिमामा निगरानी गर्न खटिएका शसस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौली नाकाबाट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *