नवलपरासीमा प्रहरी द्वारा ६६ हजारको चल्ला नष्ट

नवलपरासीमा प्रहरी द्वारा ६६ हजार रुपैया बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। मंलवार बिहान सुस्ता गाउँपालिका वडा नं. २ कुडियामा भारतबाट अबैध रुपमा ल्याउदै गरेको १ हजार ३२० गोटा कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।

नियन्त्रणमा लिएको चल्ला पशुक्वाराईटाईन,स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिमानाकामा ब्यापक सुरक्षाकर्मी परिचालन भएपनि खुल्ला रुपमा दिनहुँ तस्करी भईरहेको स्थानिय बताउछन । जिल्लाको सबै सिमानाकामा मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएपनि तस्करी नियन्त्रण हुन सकिरहेको छैन।

Related articles

खाद्यन्न र तरकारी पसल खोल्ने समय तोकियो

परासी, २३ चैत । बजार क्षेत्रमा भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आज आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए । यसअघि चौबिसै घण्टा खाद्यन्न र […]

त्रिबेणी धाममा माघे अैांसीको मेला शुरू

परासी, ९ माघ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) बिनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा माघे अौसीको मेला शुरू भएको छ । हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे अौसीको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *