बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाकाे विरुद्धमा विरोध प्रदर्शन

0
287

परासी, ८ असार । बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टी जनाउदै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रशन गरेको छ । राज्य व्यवस्था तथा शुसानस समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै पार्टीले जिल्लामा विरोध प्रदर्श गरेको हो ।

नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्थालाई नेकपाको सचिवलय समितिले समेत समर्थन निर्णय गरिसकेको र राज्य व्यवस्था तथा शुसासन समितिबाट उक्त नागरिकता विधेयक बहमुतले पास समेत भैसकेको छ । जसपा नवलपरासीले सोको विरुद्धमा विरोध प्रदर्शन गर्दै उक्त निर्णयलाई तत्काल सच्चाई पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

पार्टीका जिल्ला नेता मुकुरजी गिरीको नेतृत्वमा लोकतान्त्रिक चोकदेखि निक्लेको विरोध ¥याली बुद्धचोक हुदै जिल्ला प्रशासन कार्यलय पुगी पुनः बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न नारासहित प्लेकार्ड बोकी सरकार तथा नेकपा विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको हो । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर ल्याउने श्रीमतिलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाउई तत्काल नागरिकता दिने व्यवस्था लागु गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनाँइ छ । ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिलामाथि अत्यचार बन्द गर लगायतका नारा लेखिएको प्लेकार्डसहित पार्टीका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । कोणसभामा जसपका केन्द्रिय नेता तथा पुर्व सांसद गोविन्द चौधरी, पुर्व सांसद चिनक कुर्मी, जिल्ला नेता धरेन्द्र यादव, पुरन चौधरी, मुन्ना गुप्ता, सत्रजित यादव, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, सुनिता काफले लगायले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here