परासी, ७ असार । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति नेपाल विद्यार्थी संघका विद्दार्थी युवाहरूले विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ नवलपरासीका विद्यार्थी नेता रोशन शाहको नेतृत्वमा बुद्धचोक परासीमा विभिन्न नाराबाजी गर्दै नेकपा विरुद्धको प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको छ । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर ल्याउने श्रीमतिलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने प्रावधानलाई नेकपाको सचिवलय समितिले समर्थन निर्णय समित गरि राज्य व्यवस्था तथा शुसासन समितिबाट नागरिकता विधेयक बहमुतले पास समेत गराईसकेको छ ।
उक्त व्यवस्था प्रति नेपाल विदार्थी संघका विद्यार्थी नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै उक्त व्यवस्था हटाउन माग राखेका छन् ।
सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनाँइ छ । ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिलामाथि अत्यचार बन्द गर लगायतका नारा लेखिएको प्लेकार्डसहित विद्यार्थी युवाहरु प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता रोशन शाहले बताए
नेपाल नागरिकता ऐन २०६३ मा पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्ने उल्लेख छ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ । ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत मधेस केन्द्रित दलहरू विरोध जनाउँदै आएका छन् ।