परासी, ७ असार। नवलपरासीमा थप २१ जनामा क्रोना संक्रमण पुष्टि भएको छ। यी २१ औं जना सुनवल नगरपालिकाका बासिन्दा रहेका छन। यो सहित जिल्लामा क्रोना पोजेटिभको संख्या कुल ७२ पुगेको छ। सुनवल नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो जसमध्ये ५२ जनाको रिपोर्ट आउँदा २१ जनाको रिपोर्ट पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।
क्रोना भाइरस संक्रमण पुष्टि भएका सन्क्रमित मध्ये वडा न १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा ३ का २ जना पुरुष, वडा न ४ का २ जना पुरुष, वडा न ६ का १ जना पुरुष, वडा न ७ का ३ जना पुरुष, वडा न १२ का ३ जना पुरुष र वडा न १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले बताए ।
उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा बसेका थिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै सक्रमितलाई नगरपालिकाले वडा नम्बर १ स्थित बाल सिकाइ केन्द्रको भवनमा बनाएको आईसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको जनाएका छन।