योग दिवसमा योग शिबिर संचालन

0
231

परासी ७ असार। अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न्न कार्यक्रम गरि मनाईएको छ। त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीको वडा कार्यालयको सभा हलमा आइतबार गाउँपालिका स्तरिय योग समारोह सम्पन्न भएको हो ।
आयुर्वेद औषधालय् गुठी परसौनीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा उक्त समारोह सम्पन्न भएको थियो ।

वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको अध्यक्षतामा कार्यक्रम रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको विषेश भुमिका रहन्छ बताउनु भयो ।

कार्यक्रममा अनरूध यादव , सुरज अधिकारी , जन्त्रि केवट , लगायतहरुले बोल्नु भएको थियो ।
समारोहमा प्रतापपुर गाउँपालिकाका करिब ६० मानिसहरुको सहभागिता रहेको थियो।
समारोहमा प्रशिक्षण दिनबन्धु मिश्रले दिनु भएको थियो।
सन २०१५ साल २१ जुन को दिन देखी अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here