वडाबाटै सेवा दिन वडा कार्यालय स्थापना

0
301

गौरीशंकर जयसवाल
परासी ५ असार । नवलपरासीको रामग्राम नगरपालिकाले वडा नं ६ मा वडा कार्यालय स्थापना गरेको छ । वडाबासीहरुलाई वडाबाटै सेवा प्रदान गर्न वडामै वडा कार्यालय स्थापना गरेको हो । उक्त वडा कार्यालयमै आधारभुत स्वास्थ्य सेवा केन्द्र पनि संचालन गरि उपचार सेवा प्रदान गर्ने भएको छ । अब वडाबासीहरु टाढा गएर सेवालिन झन्झटबाट मुक्त भएका छन् ।

रामग्राम नगरपालिका वडा नंं ६ को वडाकार्यालय आज एक कार्यक्रम बिच रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्दघाटन गर्नु भएको हो । उदघाटन गदै नगरप्रमुख गुप्ताले भन्नु भयो अब नगरपालिकाले वडाबाटै सेवा दिने गरि वडा कार्यालयहरु बिस्तार गरिरहेको र वडाको बिकास निमार्ण काम पनि आगाडी बढाउदै लैजाने बताउनु भयो ।
संयुक्त वडा कार्यालयबाटसेबा दिईरहेको वडा कार्यालयहरु अब आ–आफनो सम्बन्धित वडाबाट सेवा दिने गरि वडा कार्यालयहरु स्थापना गर्ने र वडाको आफनै भवन समेत निर्माण गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

रामग्राम नगरपालिका वडा नं. ६ का अध्यक्ष जितेन्द्र प्रसा अग्रहरीको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा नेपाली काँग्रेस नगर समितीका नगरसभापति नारायाण रेग्मी, नेकपाका नगर ईचार्ज बुद्धन अली, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, वडानं ५का वडाअध्यक्ष बिनोद कुवर, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डेय लगायत शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here