नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः क्राेना पाेजेटिभ

0
321

परासी, ५ असार । पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः क्राेना पाेजेटिभ देखिएकाे छ । जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रकाे अाइशाेलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः क्राेना पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

अाइशाेलेशनमा रहेका ति ७ जनालाइ लक्षण नदेखिएपछि उनीहरूलाइ विहिवार घर पठाइएकाे थियाे । उनीहरूलाइ घर पठाउनु अघि पिसिअार परिक्षणका लागि नमुना पठाइएकाे थियाे तर रिपाेर्ट अाउन ढिलाे भएपछि उनीहरूकाे १४ दिन बसाइ पछि उनीहरूलाइ विहिवार घर पठाइएकाे र उनीहरूकाे अाज रिपाेर्ट पाेजेटिभ अाएकाे कार्यालयले जनाएकाे छ ।

यता आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश रहेपनि उनीहरुको स्वाब संकलन गरेर पुनः परिक्षणका लागि पठाइएकाे थियाे । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुनः पोजेटिभ देखियो स्वास्थ्य कार्यालयकाे भनाइ छ । उनीहरूलाइ घरमै हाेम क्वारेन्टाइनमा बस्न अाग्रह गरिएकाे छ ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो । उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ । संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here