कलोबजारीको गुनासो बढेपछि बजार अनुगमन गरियो

0
286

🔹गौरीशंकर जयसवाल-

परासी ४ असार । लकडाउनको मौका छोपी बजारमा कलोबजारीको जनगुनासो बढेपछि जिल्ला बजार अनुगमन समितीले पश्चिम नवलपरासीको बिभिन्न स्थानका बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय परासीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीको नेतृत्वमा बुधबार रामग्राम र सुनवल नगरपालिकाका बजारहरुको अनुगमन गरेको हो । परासी सदरमुकाम बजार पसलहरु र सुनवल नगरपालिकाको भुमही बजार सुनवल बजार पसलहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए ।

उनको अनुसार रामग्राम र सुनवल नगरपालिकाकामा ९ वटा पसलहरुको अनुगमन गरिएको बताए । अनुगमनकोे क्रम म्याद गुज्रको अखाध बस्तु भेटिएको र ती सबै अखाद् बस्तुहरु नष्ट गरिएको अनुगमन समितीले जनाएको छ । अनुगमनकै क्रम व्यापारीहरुले पसलमा मुल्य सुची नराखेको पसल अगाडि होडिग बोड नरहेको अवस्थामा पाईएको र पसलमा अनिवार्य उपाभोक्क्ताले देख्ने गरी मुल्य सुची राख्न भन्दै अब देखी उपभोक्क्ताले देख्न गरी मुल्यसुची पसल आगाडी र पसल अगाडी देख्ने गरी होडिग बोड स्पष्ट रुपले आउदाँ नभेटाउदाँ कडा कर्वाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी माझीले चेतावनी दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीको नेतृत्वमा टोलीमा उपभोक्क्ता हित संरक्षण मञ्चका सचिव मोहन पौडेल, उद्योग बाणिज्य संघ परासीका कार्यवाहक अध्यक्ष ओमप्रकाश अग्रहरी रामग्राम नगरपालिका शाखा अधिकृत रामलाल भुसाल,सुनवल नगरपालिकाका प्रतिनिधी, सुरक्षा निकायको प्रतिनीधी, सञ्चारकमीहरुको बजार अनुगमनमा सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here