रामग्राम नगरपालिकाको निति कार्यक्रम तथा बजेट सम्बन्धमा पुर्व छलफल

0
320

परासी, २ असार । रामग्राम नगरपालिकाले आथिर्क बर्ष २०७७/०७८ का लागि संचालन गर्ने निति, कार्यक्रम र बजेटबारे पुर्व छलफल गरेको छ । नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाका राजनितिक दल तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु संग छलफल गरेको हो ।

नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा चलाइएको उक्त छलफलमा नगरपालिकाले आगामी बर्षका लागि लिईएको मुख्य निति,कार्यक्रम तथा बजेटहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउदै सो विषयमा सल्लाहसुझाव संकलन गरिएको छ ।
नगरपालिकाले यहि असार १० गते नगरसभा गर्ने आन्तरिक तयारीमा लागिरहेका बेलामा नगरमा संचालन गरि निति तथा कार्यक्रम र बजेटको निर्माण गर्ने सम्बन्धमा जिल्लाका राजनितिक दल र विभिन्न संघ संस्थाहरु प्रमुख÷प्रतिनिधिहरु संग छलफल गरिएकोे नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

नगर प्रमुख गुप्ताले छलफल कार्यक्रममा आगामी आर्थिक बर्षका लागि नगरपालिकाले लिईएको मुख्य निति तथा कार्यक्रम र बजेटहरुको बारेजमा जानकारी गराउदै सो विषयमा सबै संग आवश्यक सल्लाह–सुझाव संकलन गर्दै थप योजनाहरु आएमा समावेश गर्ने र यसको कार्यान्वयमा सबैले सहयोग गर्ने नरपालिकाको अपेक्षा रहेको छ । नगरपालिकाले वडा/वडामा बजेट सिलिङ्ग पठाई वडाबाट योजना तथा कार्यक्रमको तर्जुमा गराई सकेको भने नगरका गौरवका योजना र बजेटहरुको विषयमा छलफल गरि नगरसभाबाट पारित गराउन नगरसभाको तयारी समेत गरिरहेको छ ।

नगर प्रमुख गुप्ताको अध्यक्षतामा चलाइएको छलफल कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेपका जिल्ला संयोजक भविश्वर तिवारी, नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, जसपा जिल्ला नेतृत्व मण्डका सदस्य मुकुरजी गिरी, पुरन चौधरी, उपाध्यक्ष अमिरुल्लाह मिँया, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रेडक्रस सोसाईटीका जिल्ला संयोजक राजेन्द्र प्रसाद अग्रहरी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश गुप्ता, महासचिव गिरीराज पाण्डे, रामग्राम स्तुप संरक्षण संस्थाका अध्यक्ष सम्भु उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

छलफल कार्यक्रममा यि वक्ताहरुले नगरपालिकाले आगामी आर्थिक बर्षका लागि तयार गरिरेहेको निति तथा कार्यक्रम र बजेटमा शिक्षा, कृषि, पर्यटन, रोजगार, क्रोना माहामारी रोकथाम, सांस्कृति संरक्षण र पुर्वाधार विकासका कार्यक्रमहरुमा जोडदिन सल्लाहसुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here