प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

0
580

बुटवल, १ असार। प्रदेश नं.५ ले यसबर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट पेश गरेका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here