प्रहरीद्वारा १३० कार्टुन अबैध मदिरा बरामद

0
188

परासी, ३२ जेठ। प्रहरीले नवलपरासीबाट १३० कार्टुन अबैध मदिरा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बेलाटारी र रामनगर प्रहरी चौकीबाट गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीले १ लाख२४ हजार ८०० मुल्य बराबरको १३० कार्टुन फायर नामक अबैध मदिरा गरेको हो।

स्थानीय तस्करले नेपालबाट भारत निकासी गर्न लागेको उक्त मदिरा प्रहरी टोलीले सुराकीको सूचनाबाट बरामद गर्न सफल भएको जनाएको छ।

तस्करले जिल्लाको सुस्ता गाउपालिका वडा नं ५ सकरदिनही स्थित नारायणी नदि किनारबाट डुङ्गामा लोड गरि भारत लैजान खोजेपछि प्रहरीले नदिकै किनारबाट उक्त बेवारिसे अबैध मदिरा बरामद गरेको हो। उक्त बरामद मदिरा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here