जनमत पार्टीले बुझायो जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

0
251

परासी, ३० जेष्ठ । जनमत पार्टी नवलपरासीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्माओलीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला इन्चार्ज बालगोविन्द चौधरीको नेतृत्वमा ७ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको पार्टीका जिल्ला ईन्चार्ज बालगोविन्द चौधरी, बरिष्ठ नेता बिजयनाथ यादव, कन्हैया राजभर, शिवशंकर उपाध्याय, सुनलि कुमार यादव, युवा नेता अखिलेश पासवान लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

बुझाइएको ज्ञापन पत्रमा क्रोना भाईर संक्रमणको जोखिम न्युनिकरण गर्न, गरिबविपन्नलाइ राहत वितरण गर्न, मारमा परेका व्यवसायी र किसानको बिजुली बिल, बैंक ब्याज, कर, घरभाडा र विद्यार्थी शुल्क समेतमा छुटको व्यस्वस्था मिलाउन, बढदो आत्महत्या न्युनिकरण गर्न र सामाजिक दुरी कायम गराई व्यवसायिक पसलहरु खुलाउन माग उल्लेख गरिएको बरिष्ठ नेता कन्हैया राजभारले जानकारी दिए ।

उनका अनुसार ज्ञापन पत्रमा किसानहरुलाई मलखादको व्यवस्था मिलाउन, खाद्यान्नमा अनाधिकृत मंहगंी बढदै गएकाले बजार अनुगमन गराउन क्वारेन्टाई र आईशोलेशन मापदण्ड अनुसार व्यवस्थापन गराउन समेत पहल गर्न ध्यानकर्षण गराइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here