प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परासीमा राख्न प्रदेशसभा सदस्य बैजनाथ जयसवालको माग

0
279

परासी, ३० जेष्ठ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई सदरमुकाम परासीमा स्थापना गर्न माग गरिएको छ । कृषि क्षेत्रलाई प्रभावकारी बनाउन सुुनवल नगरपालिका १२ भुमहीमा रहेको उक्त परियोजनालाई सदरमुकाम परासीमा ल्याएर स्थापना गर्न प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माग गरेका छन् । विगत ८ महिनादेखि सुनवल नगरपालिका वडा १२ भुमहीमा स्थापना भई कृषि क्षेत्रमा काम गर्दै आएको उक्त परियोजना रुपन्देही जिल्लामा सार्ने चलखेल भैरहेकाले उक्त परियोजनालाई नवलपरासीमै राख्न प्रदेश सभा सदस्य जयसवालले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

नवलपरासी कृषिको पकेट क्षेत्र रहेको र यस परियोजनाले यहाँका किसानहरुलाई खेती किसान गर्न थप सहयोग प्राप्त भैरहेकोले उक्त परियोजना अन्यत्र जिल्लामा नसारी यसै जिल्लाको सदरमुकाम परासीमा राख्न प्रदेशसभा सदस्य जयसवालले माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको निजी सचिवालयलाई ज्ञापन बुझाएका छन् ।

कृषिका लागि आवश्यक कृषि उपकरण पम्पसेट, मोटर, डेलिभरि पाईप, टयाक्टर, र्हावेष्टर, रोटाभेटर समेत अनुदानमा वितरण गर्दै आएको हुँदा किसानहरुलाई खेतीकिसानी गर्न सहज भैरहेको थियो तर यसलाई जिल्लाबाट अर्काे जिल्लामा सारीयो भने यहाँका किसानहरु मारमा पर्ने ज्ञापन पत्रमा उल्लेख छ । देश अहिले क्रोना भाईरसको माहामारीका कारण लकडाउनमा छ । जिल्लामा समयमा मलखाद, बिउबिजन र औषधीहरुको उपलब्धता नभएकाले किसानहरुलाई खेतीपाती गर्न समस्या भैरहेको बेला किसानहरुलाई समयमै उक्त सामाग्रीहरु समेत उपलब्ध गराउन प्रदेश सभा सदस्य जयसवालले माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here