सरावल गाउँपालिकाले गर्याे कृषकलाई मिल्किङ्ग मेसिन तथा काउमेट वितरण

0
291

परासी,३० जेठ । नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका व्यवसायिक पशुपालक कृषकलाई मिल्किङ्ग मेसिन तथा काउमेट वितरण गरिएको छ । व्यवसायिक पशुपालक कृषकहरुलाई २ वटा मिल्किङ्ग मेसिन र ७ वटा काउमेट ५० प्रतिशत अनुदानमा बितरण गरिएको हाे।

गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले मिल्किङ्ग मेसिन तथा काउमेट हस्तान्तरण गर्दै गाउँपालिका कृषिमा पर्याप्त सम्भावना बोकेको हुनाले कृषिक्षेत्रको विकासले जनताको जीवनस्तर उकास्न सक्ने कार्यक्रममा अाफुले बिशेष प्राथमिकता दिइएको बताउनु भएको हाे। तरकारी लगायत अन्य अन्नबाली र पशु क्षेत्रको विकासले निकास दिने आधारहरुलाई प्रोत्साहन दिँदै विभिन्न खालका अनुदानमा कृषहरुलाई सहभागीता गराइरहेको हुनाले मापदण्ड बनाएर कृषि उत्पादनको बजारीकरणको लागि आवश्यक पहल गर्ने कुरामा जाेड दिनुभएको हाे।

गाउँपालिकाको पहिलो प्राथमिकता कृषि भएकोले उत्पादन र उत्पादकत्व बढाउने योजनाहरुको साथ पकेट क्षेत्रहरु निर्माण गरी हावापानीले सुट गर्ने खालको खेतीमा विशेष जोड रहेको कुराबारे जानकारी गराउनु भएको हाे। यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले मिल्किङ्ग मेसिन तथा काउमेटकाे सहि सदुपयोग गर्न कृषकलाई आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here