कुवेतबाट आएका ९ जनालाई नेपाली सेनाले क्वारेन्टाईन पठायो

0
271

परासी, ३० जेठ । कालीध्वज गण परासीले कुबेतबाट आएका ९ जनालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाएको छ । पश्चिम नवलपरासीको परासी स्थित रहेको नेपाली सेनाको कालीध्वन गणले कुवेतबाट आएका ९ जना नेपाली कामदारलाई सामान्वय स्वास्थ्य परिक्षण गरि उनीहरुलाई सम्बन्धित गाउँ÷नगर पालिकालिकालाइ बुझाएको हो ।

सेनाले तेस्रो मुलकबाट आएकाहरुलाई सम्बन्धित पालिकाहरुको जिम्मा लगाउन नेपाली सेनाको जिम्मेवारीमा बर्दघाट स्थित टिसिएन चोकमा होल्डिङ्ग सेन्टर स्थापना गरिएको छ । शुक्रबार बिहान सेन्टरमा आएका उनीहरुलाई स्वास्थ्य परीक्षणपछि सम्बन्धित पालिकाको जिम्मा लगाइएको गणका प्रमुख सेनानी समिर कुमार गुरुङले जानकारी दिए ।

त्यसरी पालिकाहरुको जिम्मा लगाइएकामा बर्दघाट नगरपालिका–४ का ३ जना र वडा नं. १५ का १ जना छन् । त्यसैगरी रामग्राम नगरपालिका–१८ का १ जना, प्रतापपुर गाउँपालिका–१का १ जना, सुनवल नगरपालिका–२ का २ जना र वडा नं. ६ का १ जना रहेका छन् । उनीहरु सबै रोजगारीका लागि कुवेत पुगेका थिए ।

घर फर्कने सबै महिला हुन् । उनीहरु सबैलाई सम्बन्धित पालिकाका क्वारेन्टाइनमा राखिएको छ । पश्चिम जिल्लामा अहिलेसम्म ४५ जना संक्रमित फेला परेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या ८ सय ७१ छ । उनीहरु सबै भारतबाट आएका हुन् । भारतबाट आउनेको संख्या घट्दै गएपनि अब तेस्रो मुलकबाट आउन थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढ्ने देखिएको छ ।

यसैबीच बिहीबार कुवेतबाट आएका मध्ये प्रदेश ५ र ६ का ७२ जना छन् । भाडाको बसमा गन्तव्यमा हिडेका उनीहरुलाई नेपाली सेनाले स्कटिङ्ग गरेर सम्बन्धित जिल्लाको होल्डिङ्ग सेन्टरमा बुझाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here